एच.आई.भी संक्रमितहरुको लागि संकट व्यस्थापन केन्द्र बनाउन मद्दत गर्छौँ : नगर प्रमुख साह

142

एच.आई.भी संक्रमितहरुको लागि संकट व्यस्थापन केन्द्र बनाउन मद्दत गर्छौँ : नगर प्रमुख साह

 

कलैया, २७ साउन

कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद साहले जिल्लामा रहेका एचआईभी संक्रमितहरुका लागि संकट व्यस्थापन केन्द्र स्थापना गर्नका निम्ति आवश्यक सहयोग गर्ने बताएका छन । विभिन्न कारणले एचआईभी (एड्स) संक्रमित भएकाहरुको उचित उपचार तथा सहयोग गर्ने र धेरै समस्या भएकोकारण वर्षेनी ज्यान गुमाउनु परि रहेकोले त्यसलाई रोकथाम गर्न Crisis Management Center (CMC) स्थापना गर्न कलैया उपमहानगर पालिकाले आवश्यक पहल गर्ने नगर प्रमुख साहले बताए । एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय माहासंघले सोमवार कलैयामा आयोजना गरेको ‘एचआईभी संक्रमितहरुको लागि सामाजिक सुरक्षा सम्बन्धी कार्यविधी २०८२’ सम्बन्धी छलफल कार्यक्रममा साहले एच.आई.भी संक्रमितहरुको सुरक्षा स्थानिय सरकारले गर्नुपर्ने भएकोले कलैयामा त्यसकोलागी संकट व्यस्थापन केन्द्र स्थापना गर्न भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने र प्रत्येक आर्थिक वर्षमा आन्तरिक स्रोतबाट बजेट विनियोजन गरी सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ । भवन निर्माणका लागि आवश्यक बजेट एच.आई.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ (NFWLHA) मार्फत उपलब्ध गराउन अनुरोध गरिने बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आयोजक संस्थाका फिल्ड सुपरभाईजर हुसेन अंसारीले बारा जिल्लामा वार्षिक २० देखि ४० जनासम्म नयाँ एचआईभी संक्रमितहरु पता लागि रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा सो परियोजनाको नेशनल कोअर्डिनेटर सजना अधिकारीले दातृ निकाय तथा स्थानिय तहको सहयोगमा एचआईभी संक्रमितहरुलाई नियमित उपचार तथा सहयोग र स्याहर गर्न परियोजना संचालन गरिएको बताईन । कार्यक्रममा उपप्रमुख रौशन प्रविन, आयोजक संस्थाकी प्रोजेक्ट अफिसर रिता गुरुङ्ग सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमकाबिच नगर प्रमुख बिनोद साह संरक्षक तथा उपप्रमुख रौशन प्रविन संयोजक रहनेगरी ११ सदसिय समिती पनि गठन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.