मधेशसमाचार

कलैया उपमहानगरका सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ

कलैया उपमहानगरका सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ

 

बारा , २७ साउन

 

विशेष अदालतको संयुक्त इजलासले कलैया उपमहानगरपालिकाका सेनिटरी प्याड खरिद प्रकरणमा दायर भ्रष्टाचार मुद्दामा सबैलाई मँगलबार सफाइ दिएको छ।

 

न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासकि फैसलामा प्रतिवादीहरू विरुद्ध प्रस्तुत प्रमाण पर्याप्त नभएको ठहर गर्दै सफाई दिएको छ । सफाई पाउनेमा कलैया उपमहानगरपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत स्वर्गीय प्रहलाद प्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफ, सागर देवी फर्मा तथा उक्त फर्माका प्रोप्राइटर विमलेश शाह रहेका छन्।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ चैत्र २६ गते अर्थिक वर्ष २०७७/०७८ तथा २०७८/०७९ मा सेनिटरी प्याड खरिदमा सार्वजनिक खरिद नियमावली र कार्यविधि उल्लङ्घन गरी अस्वाभाविक मूल्य निर्धारण, एकै परिवारका फरक फर्म मार्फत बोलपत्र पेश गराई मिलेमतोमा ठेक्का प्रदान गरेको आरोपमा बिशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी अनुसार, पहिलो वर्षमा प्रति प्याकेट रु. ७८ मा खरिद गरिएका प्याड दोस्रो वर्षमा रु. २४ मा खरिद भएको देखिएको र यसरी ९६ हजार २८० प्याकेटमा रु. ५१ लाख ९९ हजार १२० बढी भुक्तानी गरिएको आरोप लगाइएको थियो।

 

तर मँगलबार बिशेष अदालतको सँयुक्त ईजलासले आरोप पुष्टि नहुने निष्कर्षमा पुग्दै सबै प्रतिवादीलाई सफाइ दिएको छ।

 

बिशेष अदालतमा मुद्दा चलिरहेको अवस्थामा नै २०८२ असार ४ गते बुधबार कलैया उपमहानगरपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत एवम् शिक्षा,यूवा तथा खेलकुद महाशाखाका तत्कालिन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको निधन भएको थियो । निधन पछि पनि बर्णवालले न्याय पाएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button