मधेशसमाचार

अनपूर्णा प्राविमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दीपक कँडेल चयन

रूपेश यादव

रौतहट, १२ कात्तिक

रौतहटको फतुवा विजयपुर नगरपालिका–६, रामदाशीस्थित अनपूर्णा प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा दीपक कँडेल चयन भएका छन्।

बिहीबार सम्पन्न विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाबाट कँडेलको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। विद्यालयकी प्रधानाध्यापक शकुन्तला यादवका अनुसार समितिका सदस्यहरूमा रीना देवी महतो, अनिता देवी पासवान र जयनारायण महतो रहेका छन्।

नवनिर्वाचित अध्यक्ष कँडेलले विद्यालयलाई बोरामुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विद्यालयको भौतिक संरचनामा सुधार गर्नुका साथै पठनपाठनको गुणस्तर वृद्धि र दिवा खाजा व्यवस्थापनलाई व्यवस्थित तथा प्रभावकारी बनाउने बताए। विद्यार्थीलाई सहज र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउन आवश्यक पहल गरिने उनको भनाइ छ।

विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रममा माँ सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सुबोध यादव, आधारभूत विद्यालय सन्तपुर (दो.) का प्रधानाध्यापक शिवमंगल प्रसाद यादव, रामबहादुर ग्रीस नन्दन प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रमोद यादवसहित अभिभावक तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

नयाँ व्यवस्थापन समिति चयन भएसँगै विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा व्यवस्थापकीय पक्षमा देखिएका समस्याहरू समाधान हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित समितिले विद्यालयको समग्र विकास र विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button