मधेशसमाचार

ट्राफिक प्रहरी कार्यालयकै गेट अगाडि ट्राफिक नियम उल्लंघन मोटरसाइकलमा सिक्री र ताल्चा लगाएर कारबाही

सत्येन्द्र प्रताप सिंह
कार्तिक १२ रौतहट
​रौतहटको सदरमुकाम गौरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयकै प्रवेशद्वार अगाडि जथाभावी पार्किङ गरी ट्राफिक नियमको उल्लङ्घन गर्ने मोटरसाइकललाई प्रहरीले कडा कारबाही गरेको छ। नियम कार्यान्वयन गराउने प्रमुख निकायको कार्यालय परिसरमै अटेरी गरी सवारी साधन पार्किङ गरिएपछि ट्राफिक प्रहरीले उक्त मोटरसाइकलमा सिक्री र ताल्चा लगाएर नियन्त्रणमा लिएको हो।
​नियम कानुनको पालना गराउने र सडक अनुशासन कायम राख्ने जिम्मेवारी बोकेको निकायको कार्यालय अगाडि नै सवारी नियम उल्लङ्घन हुनुले सर्वसाधारणमा समेत नकारात्मक सन्देश जाने भन्दै ट्राफिक प्रहरीले यस विषयलाई गम्भीर रूपमा लिएको छ। पछिल्लो समय जथाभावी पार्किङका कारण गौर बजार क्षेत्रका मुख्य सडक तथा सार्वजनिक स्थलहरूमा सवारी आवागमनमा बाधा पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत दिनप्रतिदिन बढ्दै गएको छ।
​यस घटनाले कानुन सबैका लागि समान हुनुपर्छ भन्ने मान्यतालाई थप प्रष्ट्याएको छ। आम नागरिक तथा सवारी चालकहरूले निषेधित क्षेत्र वा कार्यालयका गेटहरूमा जथाभावी रूपमा सवारी साधन पार्किङ गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने स्थानीय बुद्धिजिवीहरूको भनाइ छ। ट्राफिक प्रहरीले नियमको पालना नगर्ने जो सुकैलाई पनि कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ।
​सुरक्षित यात्रा र सभ्य सडक संस्कृति निर्माणका लागि सवारी चालक स्वयं जिम्मेवार बन्नुपर्ने आजको आवश्यकता हो। नियमको पालना गरौँ, जथाभावी पार्किङ नगरौँ र आफू पनि सुरक्षित बनौँ, अरूलाई पनि सुरक्षित राखौँ’ भन्ने नारालाई आत्मसाथ गर्दै जिम्मेवार नागरिकको परिचय दिन सम्बन्धित सबै पक्षलाई ट्राफिक कार्यालयले आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button