मधेशसमाचार

सुवर्ण गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न, ४३ करोड ८ लाखको बजेट सार्वजनिक

सुवर्ण गाउँपालिकाको १५ औ गाउँसभा सम्पन्न, ४३ करोड ८ लाखको बजेट सार्वजनिक

 

शु.आ. सम्बाददाता

 

कलैया, २९ साउन

 

नेपालको संबिधान र स्थानीय सँचालन ऐन २०७४ बमोजिम स्थानिय तहले आषाढ १० गते भित्र गाउँसभा/ नगरसभाबाट अगामी आर्थिक बर्षको मिति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने छ। तर बाराको सुवर्ण गाउँपालिकाले तोकिएको करिब डेढ महिनापछि बुधबार आफ्नो १५ औ गाउँसभा सम्पन्न गर्दै ४३ करोड ८ लाख ९५ हजार ६ सय ९७ रुपैयाँ ७२ पैसाको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छ ।

 

गाउँपालिकाका अध्यक्ष राजेश प्रसाद यादवले शिक्षा, स्वास्थ्य, पूर्वाधार, सरसफाइ तथा खानेपानी र कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा जोड दिदै आर्थिक वर्ष २०८२/०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन ।

 

गाउँपालिकाको सिमांकन र नामाकरणमा अहम भूमिका निर्वाह गर्नु भएका संविधानसभा सदस्य स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक निर्माण गरिने समेत गाउँपालिका अध्यक्ष यादवले गाउँसभामा बताएका छन् ।

 

संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान १० करोड,संघीय सरकार राजस्व बाडफाड तर्फ ९ करोड २५ लाख ५४ हजार १ सय ५१,संघीय सरकार सशर्त अनुदान १८ करोड ६४ लाख,आन्तरिक आय तर्फ १ करोड ५१ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

 

प्रदेश सरकारबाट समानिकरण वित्तीय समानिकरण तर्फ ६८ करोड ७७ हजार,प्रदेश सरकार विषेश अनुदान तर्फ २५ लाख,समपुरक अनुदान २५ लाख,राजस्व बाडफाड ५१ लाख २६ हजार ३ सय,सशर्त अनुदान ८० लाख,गत अल्या रकम १ करोड १३ लाख ३८ हजार २ सय ४६ रुपैयाँ ७२ पैसा र प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमबाट प्राप्त हुने अनुमानित रकम ५ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ ।

 

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रसासकिय अधिकृत श्याम चौधरीको रहेको थियो। उक्त कार्यक्रममा उपाध्यक्ष पुनम कुमारी, वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्य,कर्मचारी तथा सञ्चारकर्मी, सुरक्षाकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो । भने कार्यक्रमको सँचालन पोषण सहजकर्ता अखिलेश कुमार यादवले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button