सिम्रौनगढ नपामा नगरप्रमुख र निमित्त प्रप्रअ बिच आरोप प्रत्यारोप, नपा कार्यालय बन्धक बन्दै

सिम्रौनगढ नपामा नगरप्रमुख र निमित्त प्रप्रअ बिच आरोप प्रत्यारोप, नपा कार्यालय बन्धक बन्दै

 

कलैया , २० बैशाख

 

बाराको सिम्रौनगढ नगरपालिकामा नगरप्रमुख किशोरी प्रसाद कलवार र निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालबिच आरोप प्रत्यारोप शुरु भएको छ। जसले गर्दा सिँगो नगरपालिका नै बन्धक बनेको छ।

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालले आफू माथि नगरप्रमुख कलवार र निजको कार्यकर्ताले गुण्डागर्दी शैलीमा बन्धन बनाई कुटपिट गरेको भन्दै शुक्रबार जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएका छन् । जयसवालले आफुलाई नगरप्रमुख कलवारले कानुन बिपरित भुक्तानी गर्न दबाब दिंदै आएको र आफुले नियमसंगत मात्र भुक्तानी गर्ने अडान लिएपछि कुटपिट गरिएको उजुरीमा उल्लेख गरेका छन्। भने यस दैनिकसँग कुरा गर्दा सिम्रौनगढ सास्कृतिक कार्यक्रम, बृक्षारोपन , बाटोमा ग्रेड चलेको लगायतको भुक्तानी गर्न दबाब दिईरहेको बताएका छन्। साथै उक्त शिर्षकमा बजेट नभएकोले कार्यपालिका बैठकबाट रकमान्तर गराउन आफुले आग्रह गरेको बताएका छन्।

 

मेरो श्रिमती बिरामी भएको खबर सोमबार पाउनासाथ आफु मँगलबार काठमाडौं जाने तयारीमा गरेको बेला सिम्रौनगढ सास्कृतिक कार्यक्रम सँचालन गर्ने आयोजक संस्थाका एक महिलाले आफुलाई फोनकल गरी मेयर साहेबसँग एक चोटि भेट्नु आग्रह माथि आग्रह गरेकि थिईन। त्यसपछी आफु नगरप्रमुख कलवारको कोतवाली स्थित घरमा पुग्दा आफु माथि कुटपिट भएको बताएका छन्।

 

उक्त बिषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवालसँगै सिम्रौनगढ नगरपालिका नगर उपप्रमुख नजमु शेहरले पनि नगरप्रमुख कलवारको बिरुध्दमा नगरपालिकाको लेटर प्याड नै जिल्ला प्रशासन कार्यालय बारा मार्फत जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिईएकी छिन। यस बिषयमा उप प्रमुख शेहरसँग कुरा गर्दा नियम बिपरित भुक्तानी नदिँदा कर्मचारीसँग अभद्र ब्यवहार सँगै कुटपिट गर्ने जो कोहिको बिरुद्धमा आफु रहेको बताएकी छिन। साथै नगर कार्यपालिकाले बनाएको निति नियम भन्दा माथि काम कार्वाही गर्न दबाव दिने नगरप्रमुख कलवारको बिरोधमा आफु सहित बिभिन्न वडाको वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरु एकजुट भएको बताएकी छिन।

 

 

यस बिषयमा नगरप्रमुख किशोरी प्रसाद कलवारसँग कुरा गर्दा निमित्त कार्यालय प्रमुख जयसवालको यो सबै मनगढन्ते कहानी हो। नगरपालिकामा यहि १२ गते नेपाल शिक्षा सेवा शिक्षा प्रसाशन समुह अधिकृत ( दशौँ ) तहको कर्मचारी मदन कुमार थापा हाजिर भएका छन्। थापा दशौं तहको कर्मचारी भएकोमा निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवाल आयुर्वेद तर्फको सातौँ तहको कर्मचारी रहेका छन्। आफु भन्दा सिनियर कर्मचारी हाजिर भएपछि थापालाई फिर्ता पठाउन यो सबै मनगढन्ते कहानी सिर्जना गरीएको छ। कार्यपालिका सदस्यहरु सहित जयसवालले थापालाई फिर्ता गर्न दबाव दिईरहेको नगरप्रमुख कलवारले बताएका छन्।

 

साथै निमित्त कार्यालय प्रमुख जयसवालले कार्यपालिका बैठक बोलाई श्रिमती बिरामी भएको कारण देखाउँदै स्थगित गरेका गरेका थिए। भने मँगलबार सिम्रौनगढ सास्कृतिक कार्यक्रम आयोजना गरेकी उक्त महिलाले आफुलाई फोनकल गरी हाकिम साहेब तपाईंसँग बैठक गर्न आग्रह गरेकी थिइन्। त्यसपछी हरनैया चौक , टेटा हुदै उक्त बैठक कोतवाली स्थित मेरो घरमा बस्ने टुङ्गिएको थियो।

 

मेरो घरमा आउने क्रममा भगवानपुर नाला तथा बाटो निर्माण हुने स्थानमा केहि स्थानियहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई कुटपिट गरेको र उक्त कुटपिट पछी जयसवाल आफु निर आई जथाभावी कुरा गर्ने गरेको नगरप्रमुख कलवारले यस दैनिकलाई जानकारी दिएका छन्। साथै उक्त समयमा म , हाकिम र उक्त महिला मात्र रहेको प्रष्ट पार्दै यदि त्यस्तो कुनै घटना भएको वा आफुले हाकिमलाई बोलाएको भए प्रमाण पेश गर्न आग्रह समेत नगरप्रमुख कलवारले गरेका छन्।

Comments (0)
Add Comment