पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता अफताब आलमको निधन

बारा , २२ कार्तिक

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ। उनी शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्।

मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका आलमलाई पछिल्लो समयमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। गत जेठ महिनामा नक्खु कारागारबाट रिहा भएको केही समयपछि नै उनलाई ब्रेन स्ट्रोक भएको थियो।

उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिएको प्रहरी स्रोतले जनाएको छ।

अफताब आलम दीर्घ समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका थिए र उनले विगतमा मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए।

स्व. आलमप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति हार्दिक समवेदना।

Leave A Reply

Your email address will not be published.