बारा जिल्ला जनमतमय बन्दै
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0;
algolist: 0;
multi-frame: 1;
brp_mask:8;
brp_del_th:0.0105,0.0010;
brp_del_sen:0.1000,0.1000;
motionR: 0;
delta:1;
bokeh:1;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (0, 2);aec_lux: 264.90875;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: 65537;weatherinfo: null;temperature: 41;
बारा जिल्ला जनमतमय बन्दै
शु.आ. सम्बाददाता
कलैया , ०५ साउन
बारा जिल्ला जनमतमय बन्दै गएको छ। सोमवार बारा जिल्लाको चर्चित नेता संबिधान सभा सदस्य प्रमोद गुप्ता र मधेस प्रदेश पुर्ब सभा सदस्य पारस साह सहित युवा नेता सुजित पाण्डेय , पाँच वटा वडाको वडा प्रत्यासी लगायत सात सय नेता कार्यकर्ता बिभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्।
बाराको कलैया स्थित करण राज पार्टी प्यालेसमा भब्य पार्टी कार्यक्रमको आयोजना गरी संबिधान सभा सदस्य गुप्ता र पुर्ब प्रदेश सभा सदस्य साह सहित युवा नेता पाण्डेय, वडा सदस्य प्रत्यासी नेताहरु जसपा पार्टी नेपाल परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्। उहाँहरु सहित सात जना जनमत पार्टीमा प्रवेश गरेसँगै जसपा नेपाल बारा जिल्लामा कमजोर हुदै बारा जिल्ला जनमतमय हुदै गएको छ।
उहाँहरुलाई जनमत पार्टीको केन्द्रीय अध्यक्ष डाक्टर सि.के.राउतले पार्टी प्रवेश गराएका छन्। पार्टी प्रवेश कार्यक्रम सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष राउतले आफुहरु ०८४ को नभई पुर्ण अधिकार प्राप्तीको क्रान्तिको तयारीमा रहेको बताएका छन्। त्यसैले अधिकार प्राप्तीको क्रान्तिका लागि तयार रहन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
पुर्ण अधिकार प्राप्तीको क्रान्तिमा तयारीका साथ होमिन कार्यकर्तालाई आग्रह गर्दै डा राउतले जनमत पार्टीको मुख्य एजेन्डा नै नागरिकलाई पुर्ण अधिकार सम्पन्न बनाउनु रहेको छ।
संघियता आएपनि प्रदेशलाई अधिकार विहिन बनाइएको बताउँदै डाक्टर राउतले प्रदेश सरकारलाई अधिकार विहिन बनाएर बदनाम गर्ने कार्य सिंहदरवार बाटै भइरहेको आरोप लगाएका छन्। हामीले १० लाख जनतालाई रोजगारी दिने बाचा गरेका थियौं। तर १० लाख जनता कहाँ छ ? जनताले हामीलाई मधेश प्रदेशमा चौथो पार्टी बनाएपछि एक शासन नभएको रोजगारी दिन नसकेको बताउदै अधिकार र लक्ष्य जनमत पार्टीसँग भए जनमत पार्टीलाई मतदान गर्न सम्पुर्ण जनतासँग आग्रह डाक्टर राउतले गरेका छन्।
उक्त कार्यक्रमलाई बिशिष्ट अतिथिको आसनबाट मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने तत्काल सम्भावना नरहेको बताएका छन् । जनमत पार्टीको नेतृत्वमा सरकार निर्माण भएदेखिनै सरकार आज ढल्ने , भोली ढल्ने भन्दै अफवाह फैलाउनेहरु सक्रिय रहेपनि जनताको हितमा काम गर्दै प्रदेश सरकारले १३ महिना पार गरेको बताएका छन् ।मुख्यमन्त्रीको कुर्सीमा बसेसम्म जनताको हितमा काम गर्छु ,छोडनु पर्दा पनि खुशी साथ छोडन तयार रहेको मुख्यमन्त्री सिंहले बताएका छन् ।सरकारको क्रियाशीलताका कारण अतालिनेहरू संकटमा पर्न थालेपछि भ्रम छर्न व्यस्त रहेका छन् ।
त्यस्तै कार्यक्रममा मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा, वन तथा वातावरण मन्त्री संजयकुमार यादव सहित जनमत पार्टीका नेतागणले सम्बोधन गरेका थिए ।
साथै पार्टी प्रवेश गर्दै पुर्ब प्रदेश सभा सदस्य पारस साहले जनताले पार्टीको नेतालाई भगवान बुझे देशको बिकास नहुने बताउदै लोकतन्त्र गणतन्त्रमा जनता नै भगवान हुने बताएका छन्। साथै आफु जसपा पार्टीको केन्द्रीय सदस्य रहेको बताउँदै जसपा पार्टीबाट नै मदेश प्रदेश सभा सदस्य निर्वाचित भएको बताएका छन्। प्रदेश सभा सदस्य हुँदा जनता आवास कार्यक्रम बारा जिल्लाको सँयोजक रहेको समयमा आफु गरीब र दलितको आवस निर्माण गराउँदा कसैसँग चियाको समेत पैसा नलिएको तर त्यति बेलाको मुख्यमन्त्री र भौतिक पुर्वाधार मन्त्रीहरु गरीब दलित परिवारसँग रु ५० हजार देखि ८० हजारसम्म लिई बोरामा पैसा लगेको आरोप लगाएका छन्। साथै जनताको मसिहा भन्नेले मधेश आन्दोलनमा घाइते तथा जेलमा भएका ब्यक्तिहरुको भेटघाट समेत नगरेको आरोप लगाउदै आफु जसपा पार्टी परित्याग गरेको बताएका छन्।
नवप्रवेशीहरुलाई जनमत पार्टीका अध्यक्ष डा सि.के. राउत, मुख्यमन्त्री सिंह मन्त्रीद्वय कुशवाहा र यादव सहितका नेताहरुले टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए।