मधेशसमाचार

वीरगंज कारागारबाट फरार कैदी पाँच घण्टामै भारतबाट पक्राउ

वीरगंज , २६ कार्तिक

पर्साको वीरगंज कारागार कार्यालयबाट फरार भएका एक कैदीलाई प्रहरीले पाँच घण्टाभित्रै भारतबाट पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका पर्साको पोखरिया नगरपालिका–४ सतवरिया निवासी ३० वर्षीय सुनील साह तुरहा कारागारबाट फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहिबार बिहान करिब ८ः२० बजे कारागार कार्यालयको प्यारोल शाखाको पर्खाल छेउबाट भागेर उनी फरार भएका थिए। कैदी फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो।

प्रहरीले खोजी गर्ने क्रममा भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको आदापुर थाना क्षेत्रस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तुरहालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

कारागारबाट कैदी फरार भएको घटनापछि प्रहरीले तत्काल खोजी अभियान सञ्चालन गरी छोटो समयमै उनलाई पक्राउ गर्न सफल भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button