
उपेन्द्र पासवान
बारा, ०७ कार्तिक
स्थानीय निर्वाचन २०८३ लाई लक्षित गर्दै देवताल वैचारिक मञ्चले आफ्नो संगठनात्मक गतिविधिलाई गाउँपालिकाका सातवटै वडासम्म विस्तार गर्ने निर्णय गरेको छ। मञ्चको नियमित बैठकले संगठनलाई व्यवस्थित बनाउँदै वडा तहमा समन्वय, सहकार्य र जिम्मेवारी बाँडफाँटलाई प्रभावकारी बनाउने उद्देश्यसहित सातै वडामा इन्चार्ज तोकेको हो।
बारा जिल्लाको देवताल गाउँपालिका वडा नं. ४ मा सम्पन्न बैठकले श्री सुनिल यादवलाई मञ्चको इन्चार्ज तथा श्री तेज बहादुर भगतलाई सह–इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ। बैठकले स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै संगठनात्मक संरचना मजबुत बनाउने, वडा तहमा गतिविधि सञ्चालन गर्ने तथा कार्यकर्ताबीच समन्वय बढाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।
बैठकबाट गाउँपालिकाका सातवटै वडामा निम्न व्यक्तिहरूलाई वडा इन्चार्जको जिम्मेवारी तोकिएको छ।
वडा नं. १: श्री कामेश्वर प्रसाद यादव वडा नं. २: श्री कौशल कुमार कुशवाहा वडा नं. ३: श्री गुड्डु साह वडा नं. ४: श्री जय मुक्ति सहनी वडा नं. ५: श्री सन्दिप यादव
वडा नं. ६: श्री ज्ञानेन्द्र प्रजापति वडा नं. ७: श्री हरिशंकर प्रसाद यादव मञ्चले वडा इन्चार्जहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा संगठनात्मक गतिविधि अघि बढाउने, स्थानीयस्तरका जनसरोकारका विषय पहिचान गर्ने तथा वडा तहदेखि गाउँपालिकास्तरसम्म समन्वय र सहकार्य कायम गर्ने जिम्मेवारी दिएको जनाएको छ।
स्थानीय निर्वाचन २०८३ को सन्दर्भमा वडा तहसम्म संगठनको उपस्थिति विस्तार गर्नु, स्थानीय नागरिकका आवश्यकता र समस्याबारे जानकारी लिनु तथा संगठनका आगामी गतिविधिलाई योजनाबद्ध रूपमा अगाडि बढाउनु बैठकका प्रमुख विषय रहेको बताइएको छ।
बैठकमा प्रस्तुत निर्णयहरू सर्वसम्मतिले पारित भएका थिए। मञ्चले आगामी दिनमा नियमित बैठकमार्फत संगठनात्मक गतिविधिको समीक्षा गर्दै जिम्मेवारीअनुसार कार्यसम्पादनलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।
देवताल गाउँपालिकामा संगठनात्मक गतिविधिलाई वडा तहसम्म व्यवस्थित बनाउने उद्देश्यसहित गरिएको यो जिम्मेवारी बाँडफाँटलाई मञ्चको आगामी कार्यदिशासँग जोडेर हेरिएको छ।



