अलौं नाकाबाट तस्करी भईरहेको समाचार प्रकाशन भएपछि ढाकछोप गर्न मोबाईल पार्ट्स पक्राउ
शु.आ. सम्बाददाता
बीरगंज, ०४ भाद्र
यस दैनिकले साउन ३१ गते र भाद्र २ गते पर्साको अलौं नाकाबाट फस्टायो तस्करी, प्रहरी नियन्त्रण गर्नु भन्दापनी स्कटिङ्ग गर्न ब्यस्त र सशस्त्र प्रहरी र नेपाल प्रहरीको मासिक नजरानाले पर्साको अलौं नाका तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै शिर्षकमा समाचार प्रकाशन गरेको थियो।
समाचार प्रकाशन भएसँगै सशस्त्र प्रहरी गुल्म अलौंले ढाकछोप गर्न मोबाईल पार्ट्स पक्राउ गरी भँसार कार्यालय बीरगंजमा दाखिला गराएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौंका ईन्चार्ज एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको मोबाईल पार्ट्स पक्राउ गरी आफ्नो नजिकको सँचारकर्मिहरु जानकारी दिई ठुलो सफलता हासिल गरे जस्तो समाचार समेत प्रकाशन गराएका छन्।
जबकि उक्त नाकाबाट दिनहुँ कपडा, हार्डवेयर, भैसी, मोबाइल पार्टस, मरिच लगायत खाद्यान्न समाग्रीको तस्करी हुने गरेको जोकोहिले पनि सजिलै देख्न सक्छन् ।
तर मासिक रूपमै नजराना बुझने सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिन दहाडै तस्करी भएको कार्य आँखाले देख्न पनि छोडेको आरोप रहेको छ । नजराना पाएपछि ‘तैँ चुप, मैँ चुप’ जस्तो गर्ने सशस्त्र प्रहरी उपरीक्षक पुजाराले मँगलबार तिन गते भएकोले मासिक नजराना नपाएको निहुँमा उक्त मोबाईल पार्ट्स पक्राउ गरेको एक स्थानियले आरोप लगाएका छन्।
उनको अनुसार क्यालेण्डरको पाना पल्टिने बेलामा नै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई मासिक नजराना चाहिन्छ। नजराना पाए ‘तैँ चुप, मैँ चुप’ जस्तै गर्ने प्रहरीहरु नजराना पाउन ढिलो भएमा समान पक्राउ गर्ने तथा प्रकाशन भएको समाचारलाई ढाकछोप गर्नमा तल्लिन रहेको आरोप लगाएका छन्।