प्रादेशिक अस्पताल कलैया जिम्मेवारी पुरा गर्नु भन्दा पन्छिनमा अगाडी 

प्रादेशिक अस्पताल कलैया जिम्मेवारी पुरा गर्नु भन्दा पन्छिनमा अगाडी

 

कलैया , १८ बैशाख

 

प्रादेशिक अस्पाताल कलैयाको बेथितिको बिषयमा बेलाबखत बिभिन्न सँचारमाध्यममा समाचार प्रकाशन हुने गरेको सर्वविदितै छ। भने बुधबार प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा राखेको समन्वय तथा सहकार्य बैठकमा पनि कुरा उठेको थियो। भने मधेश प्रदेशको मुख्यमंत्री सतिश कुमार सिँहले शनिबार प्रादेशिक अस्पाताल कलैयाको अनुगमन गर्दा सेवाग्राहीहरु सहित स्थानिय युवाहरुले मुख्यमंत्री सिंहलाई प्रादेशिक अस्पातालको बिषयमा जानकारी गराएको भिडियोहरु नै सार्वजनिक भएको छ।

 

साथै यस दैनिकका प्रकाशक अनिल पाण्डेयके मँगलबार प्रादेशिक अस्पाताल कलैयाको आकस्मिक कक्षमा उपचार गराउन जाँदा उक्त फाँटमा कर्मचारीको क्रियाकलाप बुधबारको प्रकासित यस दैनिकमा उजागर गरेका थिए। उक्त बिषयमा प्रादेशिक अस्पातालको निमित्त मेसु डाक्टर अजय कुमार गुप्तालाई जानकारी गराएको तथा गुप्ताको भनाई समेत राखि समाचार प्रकाशन भएको थियो।

 

तर प्रादेशिक अस्पातालकले उक्त गुनासो तथा बेथितिहरु सुधार गर्नुको साटो पन्छिन खोजेको छ। प्रादेशिक अस्पाताल कलैयाले बुधबार एक महत्वपूर्ण सूचना भनि सुचना सार्वजनिक गरेको छ।

 

उक्त सुचनामा डाक्टरहरूले बिरामीको अवस्था हेरी प्राथमिकताका आधारमा उपचार गर्ने गरेको उल्लेख गर्दै गम्भीर अवस्थाका बिरामीलाई पहिले हेर्ने

व्यवस्था भएकोले अनावश्यक हो-हल्ला र मिडियामा गलत रुपले खबर छापन, छपाउँन नगर्नुहोस भनि उल्लेख गरीएको छ। त्यस्तै डाक्टरहरुले आफ्नो जिम्मेवारी निर्वाह गरीरहेकोले भ्रामक रिपोर्टिङ नगरिदिनु अनुरोध गरीएको छ।

 

उक्त सुचनामा नै निमित्त मे.सु.लाई मेसुको उपाधि दिई निमित्त मेसु गुप्ताको गुनगान गरीएकोले पनि निमित्त मेसु गुप्ताको काम र कार्वाही प्रष्ट भएको सर्व साधारणको बुझाई रहेको छ।

Comments (0)
Add Comment