दुर्घटना पछि मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा टायर बालेर प्रदर्शन सहित आन्दोलन 

शु.आ. सम्बाददाता

कलैया , ०९ भाद्र

कलैया बिरगंज सडकखण्ड अन्तर्गत सिसहनिया चौकमा टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्युपछि सोमबार बिहानदेखि स्थानीयद्वारा टायर बालेर प्रदर्शन सहित आन्दोलन जारी राखेका छन्।

 

स्थानीयहरुले दोषीलाई कडा कार्वाही सहित मृतकका परिवारलाई क्षतिपूर्ति र बैराठपुर देखि सिसहनियासम्मको सडक सुधारको माग राखेका छन्।

 

उक्त दुर्घटना आईतबार राति करीब १० बजे भएको छ। कलैयाबाट वीरगंज तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको टाटा सुमो एकआपसमा ठोकिँदा मोटरसाइकल चालक गम्भीर घाईते भएका थिए।

घाईते हुनेमा कलैया उपमहानगरपालिका वडा नं २३ निवासी उपेन्द्र राउत कुर्मी रहेका थिए। घाईते कुर्मिलाई तत्कालै उपचारका लागि वीरगंज स्थित न्यूरो अस्पताल लगिए पछि डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

Comments (0)
Add Comment