श्री आधारभुत बिधालय लक्ष्मिनियाँकाे ६४ औ बार्षिक उत्सवमा बिभिन्न कार्यक्रम

रूपेश यादव

राैतहट ,१८ भाद्र

श्री आधारभुत बिधालय लक्ष्मिनियाँले विविध साँस्कृतिक कार्यक्रमका साथ ६४ औं वार्षिकउत्सव सम्पन्न गरेको छ ।

बुधबारका दिन एक भब्य समारोहका बिच नव नियुक्त बिधालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षातामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन रहेकि थिईन ।भने बिशिस्ट अतिथिमा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले रहनु भएका थियो

राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा दिप प्रजवलन कार्यक्रमलाई अगाडि बढाएका थियोे।

कार्यक्रममा बिधालयमा सहयोग पुर्‍याउनेहरु लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बिधार्थीहरु तथा पुर्व बिधालय व्यवस्थापन समितिहरु तथा हालैमा चयन भएको नव नियुक्त बिधालय व्यवस्था समितीहरुलाई सम्मान तथा प्रशंसा पत्र समेत बितरण गर्नु गर्नु भएको थियो।

याे बार्षिक उत्सवकाे साथमा नगरपालिका भरिमा नयाँ अभ्यास सुरु गरिएको बुझिएकाे छ।

यसता कार्यक्रम पालिका यसपालिकामा पहिला पटक भएको सहभागीहरुले बताए।

कार्यक्रममा बाेल्दै नगर प्रमुख खातुन आफुबाट हुने काम लगाएत स्कुल भवन निर्माण हुने बताईन।

त्यसतै प्रमुख प्रशासकीय अधिकृत यादवले अरु जिल्लाकाे तुलनामा तथा अरु प्रदेशकाे तुलनामा याे फतुवा बिजयपुरकाे कुरा गर्दा बिधालयकाे स्थिति धेरै नाजुक रहेको र तपाई हामी सबैकाे सहयोगले बिधालयकाे बिकाश आवश्य हुनेछ बताए।

कार्यक्रममा बिधार्थीहरुले नृत्य प्रस्तुत समेत गरेका थियोे।

“बिधालयकाे पृष्ठभूमि” वार्षिक उत्सवको अवसरमा आयोजीत विशेष कार्यक्रममा विद्यालय स्थापनाले याे बिधालयलाई याेगदान पुर्‍याउनु हुने गाेपाल कृष्णले ५ कठ्ठा जग्गा उपलब्ध गराई भवन निर्माण समेत गराउनु भएको थियोे।

त्यस पश्चात् २०२१ सालमा सर्वेकाे बेला पुर्व पंच स्वर्गीय सुकेश्वर चाैधरीकाे पहलमा किता नम्बर ६६ काे ४ खकाे क्षेत्रफल ०-१९-० त्यसतै ४(क)काे १३१ किता नम्बरकाे क्षेत्रफल १७-१०-५ धुर र ३ (ख) मा ९९ किता नं १४ -१५-१० काे अचल सम्पत्ति ३३-४- १५ बिधालयकाे नाममा गराउनु भएको थियो।

हाल उक्त जग्गा लालबकैया खाेलाबाट प्रभावित रहेको छ र बिधालय स्थापन कालमा भिखम चाैधरी प्रधानाध्यापक रहनु भएको थियो।

त्यसैगरी स्थापनाकाल देखि हाल सम्म प्रधानाध्यापक भई बिधालय सञ्चालन गर्दै आएका गणेश पाण्डे , अभयकान्त ठाकुर, रामसाेगारथ राय यादव, २०५० साल देखि २०६० साल सम्म दिनेश ठाकुर २०६० देखि २०६१ साल भदौ २४ देखि जयकिसाेर साह साेनर हाल सम्म रहेको छ।

बिधालय व्यवस्थापन समितिका अध्यक्षहरु स्वरर्गिय कृष्णदेव चाैधरी २०५३ साल कार्तिक १४ देखि २०५९ फाल्गुन १४ सम्म, स्वर्गिय रामलाल चाैधरी नि. अध्यक्ष २०६१ साल सम्म स्वर्गीय रामलाल चाैधरी२०६२ साल कार्तिक ७ देखि २०६४ सम्म स्वर्गीय गाेबिन्ददेव चाैधरी २०६४ पुष १९ देखि २०६९ आसिन २५देखि मायालाल चाैधरी २०६९ आसिन २६ देखि २०८२ भदौ ५ सम्म २०८२ भदौ ११ देखि हाल सम्म रहेको छ।

स्वर्गीय कमल किशोर मिश्राले २०६३ साल आशिन २४ गते आफ्नो संयाेक्तवमा पुरानो भवनहरु भत्काई नयाँ भवन निर्माण तथा ग्राउन्ड हतालाई बिस्तार गर्नु भएको थियो।

साेही क्रममा २०७१ साउन ११ मा लक्ष्मीनियाँ निवासी सुर्य कुमारी थरुनीले किता नं १ क ७८७ बाट ०-१-१५ धुर जग्गा दान गर्नु भएकी थिईन।

उक्त कार्यक्रममा बिधालयका प्रधानाध्यापक जयकिशाेर साहकाे कार्यशैली प्रति अभिभावकहरु निकै हर्षित रहेका थियोे ।

कार्यक्रममा बक्ताहरु वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादव , ८ का वडा अध्यक्ष नितेश चाैधरीले बिधालय र बिधार्थीहरुकाे हकहितकाे बारेमा आफ्नो भनाइ राख्नु भएको थियोे।

कार्यक्रममा प्रधानाध्यापकहरु बुनिलाल यादव, अनिल यादव , राधेश्याम यादव , नवलकिशाेर यादव, रामप्रवेश साह सुबाेध यादव लगाएत शिक्षा प्रेमी , अभिभावकहरु, राजनीतिदल, जनप्रतिनिधि , महिलाहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियोे।

Comments (0)
Add Comment