फतुवा बिजयपुरकाे शितलपुरमा दुर्गा मन्दिरको शिलान्यास 

रूपेश यादव

रौतहट , २० भाद्र

रौतहट जिल्लाको उतरी र पश्चिमी भेगमा रहेको फतुवा बिजयपुर नगरपालिका वडा नं २ शितलपुर स्थित दुर्गा मन्दिरको शिलान्यास गरिएको छ । फतुवा बिजयपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष अनिरुद्व प्रसाद यादव संजयले विधिवत रुपमा पूजा पाठ गरी शिलान्यास गरेका हुन् ।

शितलपुरमा दुर्गा मन्दिर नहुँदा स्थानीयबासीले आवश्यकताको महसुस गरेपछि वडा कार्यालयको आर्थिक सहयोगमा मन्दिर निर्माण थालिएको वडा अध्यक्ष यादवले बताए ।

वडाध्यक्ष यादवका अनुसार दुर्गा मन्दिर निर्माणका लागि वडाको बजेटबाट २५लाख ५० हजार रुपैयाँ छुट्याइएको छ भने थप लाग्ने खर्च पनि वडाबाटै व्यवस्थापन गरिने जानकारी दिनु भयो।

मठ्को जग्गामा शिलान्यास कार्यक्रममा भारत बिहार समनपुर मठको महन्त बिनोद दास बैरागी भवरा बारा जिल्ला मठको महन्त गोपाल दास बैरागी पुर्व वडा अध्यक्ष भबिखन यादव प्रहरी वरिष्ठ न्याब निरीक्षक श्याम यादव , ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका प्रहरी न्याब निरीक्षक गजेन्द्र चौधरी लगायत सञ्चारकर्मीहरुकाे उल्लेखनीय उपस्थिति रहेको थियो ।

दुर्गा मन्दिर निर्माणले धार्मिक आस्थाको प्रवर्द्धनसँगै स्थानीय समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

Comments (0)
Add Comment