बारा प्रहरीको सक्रियतामा २ सय २५ केजी लागुऔषध गाँजा सहित चारजना पक्राउ

बारा प्रहरीको सक्रियतामा २ सय २५ केजी लागुऔषध गाँजा सहित चारजना पक्राउ

 

बारा , २० बैशाख

 

 

बारा प्रहरीले आफ्नो सक्रियता बढाउदै शनिबार राति २ सय २५ केजी लागुऔषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ।

 

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको नेतृत्वमा खटिएको प्रहरी टोलिले उक्त परीणाम सहित चार जनालाई पक्राउ गरेको छ।

 

प्रहरी टोलिले शनिबार बिहान करीब २ बजे आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा स्थित खेतमा पार्किङ गरी राखिएको ना.प्र. २–०३–००१ त ४८७६ नम्बरको ट्याक्टरको ढालामुनि फल्स बटन बनाएर लुकाइएको अवस्थामा १५ वटा काटुनमा प्याक गरिएको करिब २ सय २५ केजी गाँजा बरामद गरेको छ।

 

 

ट्याक्टर चालक आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ३ बस्ने अन्दाजी ३० बर्षको नन्दकिशोर मुखिया बिनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटनामा संलग्न रहेका थप ३ जनालाई पक्राउ गरीएको छ।

 

प्रहरी टोलीले थप अनुसन्धानका क्रममा बारा जिल्लाको कोल्हवी नगरपालिका स्थित ‘रोज उड होटल’को कोठा नम्बर ३०३ बाट गाँजा तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपनगरपालिका–४ बस्ने २१ वर्षीय कमान प्रजा, कैलाश गाउँपालिका–४ देवतिस बस्ने २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५ छतिवन बस्ने २२ वर्षीय नवराज मगर रहेका छन्।

 

बरामद लागु औषध गाँजा सहित चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको इलाका प्रहरी कार्यालय बारागढीले जनाएको छ।

Comments (0)
Add Comment