शान्ती सुरक्षा र तस्करी नियन्त्रणमा बारा प्रहरी असफल, भारतीय माछा सहित ताससम्मको तस्करीमा तिब्रता
बारा, ५ असोज
शान्ती सुरक्षा सहित तस्करी नियन्त्रणका लागि खटिएका बारा प्रहरी पूर्ण रूपले असफल हुँदै गएको घटना बाहिरिदै गएको छ । भारतीय माछा, फुल, चकलेट सहित तासको समेत व्यापक रूपले तस्करी बढेपनी बारा प्रहरी चुपी साधेर बस्नुले असफल भएको बारे जिल्लावासीहरू बताउन थालेका हुन ।
बाराको सीमा नाकाबाट फर्मालोनिक माछा र फुल चकलेट तथा तासको व्यापक रूपमा तस्करी भइरहेको छ । प्रहरीकै मिलोमतोमा भारतको छौडादानो , घोडासहन सिमानाका भएर कुख्यात तस्कर सियाराम कुशवाहा र सुरेन्द्र साह भन्ने तस्करले पिकअप भ्यानमा माछा, फुल विभिन्न ब्राण्डका चकलेट, तासको तस्करीमा समेत संलग्न रहेका छन । नेपाल प्रहरी, सशस्त्र प्रहरीका माथिल्लो निकाय र मातहतका प्रहरी चौकी युनिटहरुमा लाखौ महिनावारी दिई तस्करी गर्न छुट नै पाएका हुन ।
तस्करी गरि ल्याईएको भारतीय मालसामान तस्करले गाउँको भित्री बाटो भएर हेटौंडा , चितवन सम्म ओसार्ने गरिएको श्रोतको दाबी रहेको छ । कुख्यात तस्कर कुशवाहाकै मालसामान हेटौंडामा बिगत केही दिन अगाडि मात्र नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको थियो । कुश्वाहाले तस्करीको बाटो प्रयोग गर्दै ल्याएको मालसमान मकवानपुर प्रहरीले नियन्त्रणमा लिएपनी मोलमोलाइमा पुन: तस्करीको मालसमान ढुवानी गर्न छुट नै पाएको श्रोतको दाबी रहेको छ ।
बाराको खुल्ला सीमा नाका हुँदै प्रहरीकै अगाडी तस्करीको मालसमान आयात निर्यात भएपनी माथिल्लो निकायको मौनताले गम्भीर प्रश्न उब्जाएको छ । यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पन्डित सङ्ग बुझन खोज्दा सम्पर्कमा आउन चाहेन्न ।