राजस्व चुहावटको बिषयमा गृह मन्त्रालयलाई नै चुनौती दिदै बाराबाट खुल्लेआम तस्करी 

कलैया, १६ असोज

नेपाल सरकार र गृहमन्त्रालयले खुल्ला सिमानाकाबाट राजश्व चुहावट नियन्त्रण गर्न प्रहरीलाई बारम्बार निर्देशन दिने गरेको सर्वविदितै छ। उक्त निर्देशनलाई चुनौती दिदै बाराबाट खुल्लेआम तस्करी भईरहेको सर्बसाधारण देखि बिभिन्न सँचारमाध्यमले समाचार प्रकाशन गर्ने गरेको पाईन्छ।

जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल १२ नम्बर गणको प्रमुखहरुले सर्वसधारण र बिभिन्न सँचारमाध्यमले प्रकाशन गरेको समाचारलाई थाती राख्दै तस्करी कार्यलाई निरन्तरता दिएका छन्। सर्बसाधारण र बिभिन्न सँचारमाध्यमले प्रकाशन गरेको समाचार श्रोतको अनुसार जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम् प्रहरी उपरीक्षक सँतोष तामाङ र सशस्त्र प्रहरी बल १२ नम्बर गणको गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसी एक जना पत्रकारलाई तस्करीहरुसँग रकम उठाउन तथा बार्गेनिङ गर्न लगाएका छन्।

उक्त पत्रकारले तस्करहरु रकम उठाउने तथा दुबै प्रहरी उपरीक्षक द्वयसँग बार्गेनिङ गराउने गरेकोले तस्करी दिन दहाडै सँगै रातिमा समेत तस्करीको ट्रक सहित पिकअप गाडीहरु नै निस्कने गरेको सजिलो देख्न सकिन्छ।

तस्करी गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्च अवधा सँगै पत्रकारको पनि पनि सिण्डिकेट मिलेको कारण बाराको सम्पुर्ण नाकाबाट तस्करी फस्टाएको स्थानीय अगुवाहरु सहित समाजिक सञ्जालमा पोष्ट हुने गरेको पाईन्छ।

जब पत्रकारले तस्करीको सिण्डिकेट मिलाउन थालेपछि बारा जिल्लाबाट खुल्लेआम तस्करी फस्टाएको उक्त माथिको घटनाले पुष्टि गरेको छ।

साथै सशस्त्र प्रहरी बल १२ नम्बर गण मातहत रहेका युनिटले आईतबार पिकअप गाडी सहित १५ लाख ८५ हजार बराबरको लेडिज रेडिमेड कपडा र ५० हजार मूल्य बराबरको ६० बण्डल नागिन पटका बरामद गरिएको थियो ।

उक्त ५० हजार बराबरको ६० बण्डल नागिन पटका नष्ट गर्ने भिडियो बनाई माथिल्लो निकायमा पुर्याई पुनः उक्त पटका बजारमा बिक्री गरेको तथ्य समेत बाहिर आएको छ।

Comments (0)
Add Comment