राष्ट्रिय दलित पत्रकार संघ रौतहट द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

राष्ट्रिय दलित पत्रकार संघ रौतहट द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

उपेन्द्र पासवान

असोज,१७ बारा

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा बिहीबार वृन्दावन नगरपालिका–८ बहुअरीस्थित दलित धर्मशालामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता संघका रौतहट शाखा अध्यक्ष राजेश पासवान (निर्माणी)ले गरेका थिए भने प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम संघका केन्द्रीय सचिव सिकिन्द्र पासवान रहेका थिए।
नेपाल पत्रकार महासंघले हरेक ठुला वा सानो आन्दोलन—जस्तो कि २०३६ सालको जनमत सङ्ग्रह, २०४६ सालको जनआन्दोलन, २०६२/६३ सालको आन्दोलन र २०७२ सालको संविधान निर्माण प्रक्रियामा पनि महत्वपूर्ण भूमिका खेलेको उल्लेख भुमिका राखेको प्रमुख अतिथि सिकेन्द्र पासवानले आफ्नो भनाइमा राख्नुभएको रहेछ।

साथै दलित समुदाय अझै राज्यको पहुँचबाट टाढा भएकाले उनीहरू निरन्तर विभेद र अन्यायको शिकार भइरहेकाले समाचार लेखन र मुद्दा उठानमार्फत पत्रकारहरूले संवेदनशील भूमिका खेल्नुपर्ने धारणा उनले राखे थिए।

“लोकतन्त्रको मूल आधार– सम्मान, सहभागिता र विभेदमुक्त समाज; अभिव्यक्ति स्वातन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज” भन्ने नारासहित विजयादशमी, दीपावली, छठ र तिहार पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको हो। कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सञ्चारकर्मी, दलित अधिकारकर्मी र विभिन्न सम्मानित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै संस्थापक जिल्ला अध्यक्ष राजेश पासवान (निर्माणी)ले आफ्नो गाउँको पहिचान बढाउने उद्देश्यले गाउँकै धर्मशालामा कार्यक्रम गरिएको बताए। उनले मधेसमा दलितमाथि भइरहेको अन्याय, अत्याचार, बलात्कार र जातीय भेदभावका घटनाले चरम रुप लिएको भन्दै, यस्तो अवस्थामा दलित अगुवाहरू निष्क्रिय रहनु उचित नभएको टिप्पणी गरे।

उनले सबै दलित अगुवाहरूलाई एक ठाउँमा एकत्रित गरी जागरण अभियान अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे। पासवानले पत्रकारिता देशको चौथो अंग रहेको बताउँदै पत्रकार कुनै जाति, धर्म वा वर्ग विशेषका लागि नभई जनताको सामूहिक सेवा र आवाजका रूपमा स्थापित हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा अध्यक्ष पासवान आफ्ना पदाधिकारी तथा अन्य सञ्चारकर्मीहरुलाई व्याग वितरण गर्दै,आफुले यस्ता कार्यक्रमहरु को आयोजना पटकपटक गर्दै प्रमाण पत्र,प्रेस कार्ड,ब्याग वितरण लगायत अन्य आवश्यक सामाग्रीहरु वितरण गरिसकेको र आज सो ब्याग वितरण गरेको बताउदै,संघमा आवद्ध पदाधिकारीहरु लाई उक्त सामाग्रीहरुको दुरुपयोग न गर्न निर्देशन गरे।

कार्यक्रमका विशिष्ट अतिथिमा वृन्दावन–८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह, जगन्नाथ प्रसाद भेडिहर,राष्ट्रिय दलित पत्रकार संघ नेपाल बारा शाखा अध्यक्ष उपेन्द्र पासवान, दलित अधिकारकर्मी मटुक पासवान, धर्मेन्द्र पासवान, रामविनय पासवान, दलित संघर्ष समितिका संयोजक सोनेलाल राम र नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासलगायत रहेका थिए।

त्यस्तै अतिथिहरूमा दलित अधिकारकर्मी पुनित राम चमार, उदयनारायण राम, अवधनारायण राम, प्र. अ. रामाधार पासवान, भोला पासवान, मुसहर संघका अध्यक्ष विनोद माझी, सहित रौतहट, बारा र पर्साका सयौँ संचारकर्मी,दलित अधिकारकर्मी र सम्मानित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Comments (0)
Add Comment