मनोपलि विद्यालय बन्द गरेपछि प्रधानध्यापक लाई२४ घन्टा भित्र लिखित स्पष्टीकरण

उपेन्द्र पासवान
असोज,२६ बारा

देवताल गाउँपालिकाअन्तर्गत रहेका विद्यालयले पालिकालाई कुनै जानकारी नदिई र बिना सुचना विद्यालय बन्द गरेपछि गाउँपालिकाले विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई कारवाही गरेको छ। गाउँपालिकाले विद्यालय बन्द गरेपछि कारवाही स्वरुप सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको तलब, भत्ता कट्टा गरेको जनाएको छ ।

आईतबार सुचना जारी गर्दै गाउँपालिकाले वडा नं ४ पिप्राढी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बिना सुचना असोज २६ गते विद्यालय बन्द गरेको जनाएको हो । गुनासो बढे पछि अनुगमन गर्दा विद्यालय बन्द भएपछि विद्यार्थीहरु विद्यालय पोसाकमै सांस्कृतिक कार्यक्रममा भेटिएको गाउँपालिकाले जनाएको छ ।

त्यससँगै सम्बन्धित विद्यालयका प्रधानध्यापक लाई २४ घण्टाभित्र शिक्षा शाखामा लिखित स्पष्टीकरण पेश गर्न पनि निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ ।

Comments (0)
Add Comment