परोहामा नयाँ शक्ति नेपाल समाजवादी पार्टीको नगरस्तरीय युवा कमिटी गठन

कार्तिक ५ रौतहट

जिल्लाको परोहा नगरपालिकामा नगरस्तरीय युवाहरूको अगुवाइमा नेपाल समाजवादी पार्टी (पुरानो नाम नयाँ शक्ति) को संगठनात्मक विस्तार भएको छ। परोहा नगरपालिका ९ रामपुर खापमा सम्पन्न नगरसभाले युवाहरूलाई समेटेर ५१ सदस्यीय नगर स्तरीय कमिटी गठन गरेको हो ।पार्टीको युवा शक्तिलाई संगठित गर्ने उद्देश्यले आयोजित उक्त सभाको नेतृत्व नेपाल समाजवादी पार्टीका केन्द्रीय समिति सदस्य शेख इजहार र कारी समी अख्तरले गरेका थिए ।

कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य शेख इजहारले युवा कमिटीको गठनले पार्टीलाई नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे। उनले नयाँ शक्तिले सधैँ नयाँ पुस्ताका युवाहरूलाई राजनीतिमा अवसर दिँदै आएको स्मरण गराउँदै यसले देशको नेतृत्व युवा पुस्तामा सर्न सहयोग पुग्ने बताए ।

हाम्रो पार्टीले युवाहरूको ऊर्जा र क्षमतालाई देश निर्माणमा प्रयोग गर्न चाहन्छ। बुधबार रामपुर खापमा गठन भएको यो कमिटीले परोहा नगरपालिकाभित्र युवाहरूको आवाजलाई सशक्त बनाउनेछ र पार्टीको विचारलाई जनस्तरसम्म पुर्याउनेछ, इजहारले बताए ।

सोही अवसरमा वक्ताहरूले नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न र देशको विकासमा उनीहरूको भूमिका बढाउनु आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले परोहा नगरपालिकामा पार्टीको संगठनलाई थप मजवुत बनाउँदै स्थानीय तहको विकास र सुशासनमा युवाहरूलाई सक्रिय गराउने प्रतिबद्धता व्यक्त गरे।

नवगठित ५१ सदस्यीय युवा कमिटीले परोहा नगरपालिकाभित्र पार्टीको संगठन विस्तारका साथै जनसरोकारका मुद्दाहरूमा आवाज उठाउने र सामाजिक अभियानहरूमा सक्रियता देखाउने जिम्मेवारी पाएको जनाइएको हो ।

Comments (0)
Add Comment