बारा , ०७ कार्तिक
बाराको ग्रामिण नाकाको रूपमा चिनिने छतवा नाकाबाट तस्करहरूले भारी मात्रामा काम गर्ने अर्थात ठुला बडा तस्करहरूलाइ तस्करीको लाइन सुचारू गरेको पाइन्छ । भारतबाट अबैध रूपले नेपाल भित्रिने कपडा लगायतका समाग्री प्रहरीकै संरक्षणमा बारा जिल्लाको जितपुर बजारसम्म पुग्ने गरेको पाइएको हो ।
बोर्डर आउट पोस्ट बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक तस्करीको रकम बुझन नमानेपाछी बिदा पठाएर भएपनी तस्करीको लाइन सुचारू गरिएको हुन सक्ने स्थानीयहरूले आरोप लगाएका छन । सशस्त्र प्रहरी गुल्म मटिअर्वाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धन बहादुर राणाको मिलोमतो र सहकार्यमा तस्करीको कार्य फस्टाएको हुन सक्ने स्थानीयहरूले आकल्न गर्न थालेका छन । स्थानीयहरूका अनुसार सशस्त्र प्रहरीले अपाङ्गले बोकेको मालसमान देख्छन तर रातिको निस्पठ अन्ध्यारोमा निस्केको तस्करहरूको लस्करहरूले देख्नै छोडेको आरोप स्थानीय लगाउछन ।
छतवा नाकाको कान्तिपुर, कल्याणपुर नाकाबाट निस्केको तस्करीको कपडा सहजै तरिकाले प्रहरीकै सहयोग र संरक्षणमा जितपुरसम्म पुग्ने गरेको स्थानीय बताउछन । स्थानीयले जानकारी दिए अनुसार जितपुर निवासी कुख्यात तस्कर सरोज भनिनेले तस्करीको कपडा प्रहरीकै सहयोग र संरक्षणमा जितपुरसम्म पुर्याउदै आएको बताए । सशस्त्र प्रहरी बल मटिअर्वा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक धन बहादुर राणाले मटिअर्वा नाकामा कडाइका साथ प्रस्तुत भएको देखाएपनि तस्करीको लाइन छतवा नाकाबाट दिइएको खुलेको छ ।
छतवा नाका अवस्थित सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक र सशस्त्र प्रहरी नायब उपरीक्षकको मिलोमतो र सहकार्यमा तस्करीको लाइन खोलिएको तस्कर श्रोतले नै जनाएका छन । छतवा नाका अवस्थित सशस्त्र प्रहरी बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षकलाई मासिक १ लाख र मटिअर्वा गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक राणालाइ मासिक रूपमा २ लाख २५ हजार दिए बापत तस्करीको लाइन खोलिएको तस्करनै स्विकार्छन ।
यता छतवा नाका र मटिअर्वा नाकाबाट तस्करी खोलिएको बिषयमा सशस्त्र प्रहरी नायब उपरीक्षक धन बहादुर राणाले केटाहरूको कारण अलि अलि छोडिएको बारे स्विकार्छन । उनका अनुसार हाल केटाहरूले गर्दा छोडिएको तर अब उप्रान्त कडाइ गर्ने बताएका छन ।