वाणिज्य संघ शाखा कार्यालय सिम्रौनगढको दशौ साधारण सभा र सातौ अधिवेशनको उद्घाटन सम्पन्न

सबिर आलम

बारा , १६ कार्तिक

बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गत रहेको बारा उधोग वाणिज्य संघ शाखा कार्यालय सिम्रौनगढको दशौ साधारण सभा र सातौ अधिवेशन को उद्घाटन सम्पन्न भएको छ। सिम्रौनगढ उधोग बाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाहाको अध्यक्षता तथा कलैया उधोग बाणिज्य संघका अध्यक्षको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको थियो।

उक्त कार्यक्रममा उधोग बाणिज्य संघ सिम्रौनगढ शाखाका पुर्व अध्यक्ष डा. रामबाबु प्रसाद कुशवहाले यस शाखामा ८८ जना सदस्यहरु मात्र जोडिएको सिम्रौनगढको सम्पुर्ण ब्यापारीहरुलाई जोडिन आग्रह गरेका छन्। साथै हालको अध्यक्षले उधोग वाणिज्य सँघ बारासँग शिपमुलक कार्यक्रम माग गरी यहाँको ब्यापारीहरुलाई दक्ष बनाउनु पर्थ्यो तर नयाँ नेतृत्वले गर्ने विश्वास लिएको समेत बताएका छन्।

त्यस्तै उक्त कार्यक्रममा अवधेश सहनीले भारतसंग बेटीरोटीको सम्बन्ध रहेको भए पनि व्यापारीहरु,किसानहरु भारतबाट सानो,तिनो कम दामको समान ल्याउदा प्रशासनबाट नियन्त्रणमा लिने गरेको अवगत गराउदै यस्ता समस्याहरुलाई निदान गर्ने किसिमको व्यक्तिलाई अगाडी सार्नु पार्नुको जोड दिएका छन्। साथै नेपालको संविधानले ५०० हजार सम्मको समान ल्याउन भनिएको तर प्रशासनले ल्याउन समेत नदिएको आरोप समेत लगाएका छन्।

यस्तै उधोग बाणिज्य संघ कलैया बाराका महासचिव राम असिष साहले व्यापारीको समस्या एउटा नभई पुरै देशकै समस्या रहेको भन्दै यहाँको नेताहरु के गर्दै छ्न? यहाँको नेताले सिम्रौनगढ्को लागि केही गरेको छैन व्यापारीहरुको लागि। त्यसैले यहाँको युवाहरुलाई अग्रसर हुन र साहसको साथ अगाडि बढ्न आग्रह गरेका छन्। साथै सुरक्षा निकायहरुलाई अलि नरम भईदिन समेत अनुरोध गरेका छन्।

कार्यक्रमका विशिष्ट अतिथी एवम् सिम्रौनगढ नगरपालिकाको प्रमुख किशोरी साह कलावारले आजको दिन एतिहासिक रहेको हुनाले सबै जना मिलेर एउटा शुद्ध कार्यसमिति गठन गर्न आग्रह गरेका छन्।त्यस्तै प्रमुख अतिथी एवम् उधोग बाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साहले बोर्डरको समस्या चारै तिर रहेको तथा यो समस्याहरुलाई अर्थ मन्त्रीलाई समेत जानकारी गराएको बताएका छन्। हामीहरु समान किन्न भारत जान्छौ र कम दाम भनेर महँगो समान किनेर ल्याउछौ। तर हाम्रो बजारमा नै सस्तो पाईराखेको कुरा थाहा हुदैन। यसको लागि जनचेतना जगाउनु पर्ने बताएका छन्। साथै मेरो कार्यकालमा महिलालाई पनि ग्राह्यता दिएको र आउँदो दिनमा पनि साथ र सहयोग दिने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमका अध्यक्ष एवम् सिम्रौनगढका उधोग बाणिज्य संघका अध्यक्ष लालबाबु कुशवाले यहाँको व्यापारीहरुको लागि दुई पटक भन्सारको लागि काठमाडौमा समेत पुगेको र कुनै सफलता प्राप्त नभएको बताउँदै आउँदो दिनको लागि सक्रिय युवाहरुलाई यसमा ल्याउन आग्रह गरेका छन्।

उक्त कार्यक्रममा निजगढ उधोग बाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ ,सिम्रौनगढ उधोग बाणिज्य संघका सचीव रामबाबु कुशवाहा,उतम पब्लिक स्कुलका प्र.अ. कमलेश कुश्वाहा, वडा अध्यक्षहरु, सशस्त्र प्रहरी बल गोलागन्जका प्रमुख, ईलाका प्रहरी कार्यालय सिम्रौनग्ढ्का प्रतिनिधिको विभिन्न व्यापारीहरुको सहभागिता रहेको थियो।भने कार्यक्रम पप्पु यादवले सँचालन गरेका थिए।

Comments (0)
Add Comment