राजनीतिको मूल उद्देश्य जनसेवा र राष्ट्र निर्माण हो : प्रदेश सांसद राम आशिष यादव

मेवालाल यादव 

जनकपुरधाम , १६ कार्तिक 

प्रदेश सांसद राम आशिष यादव का अनुसार राजनीतिकाे वास्तविक अर्थ समाजसेवा र राष्ट्र निर्माणमा निहित छ। उनले जनप्रतिनिधिको प्रमुख दायित्व जनताको सेवा गर्दै देशको समग्र विकासमा योगदान पुर्‍याउनु रहेको स्पष्ट पारे।

सांसद यादवले राजनीतिक नेतृत्वलाई शक्ति र पदको केन्द्र होइन, जनकल्याण र समृद्ध समाज निर्माणको माध्यमका रूपमा हेर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार, सच्चा जनप्रतिनिधि भनेको जनताको आवाज सुन्ने, समस्या समाधान गर्ने र निःस्वार्थ रूपमा राष्ट्र र समाजका हितमा समर्पित व्यक्ति हो।

“राजनीति त्याग, सेवा र जिम्मेवारीको मार्ग हो। जबसम्म नेताहरू जनताको भरोसामा खरा उत्रँदैनन्, तबसम्म लोकतन्त्रको सार साकार हुन सक्दैन।”

सांसद यादवको भनाइ अनुसार, आजको राजनीतिलाई पुनः जनकेन्द्रित बनाउँदै सामाजिक न्याय, समावेशी विकास र सुशासनलाई प्राथमिकतामा राख्नु समयको आवश्यकता हो।

Comments (0)
Add Comment