हाकिमबाट तल झरेका थापा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हस्ताक्षर गर्दै

कलैया , १६ कार्तिक 

बाराको सिम्रौनगढ नगरपालिकामा कार्यरत रहेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा ( शिक्षा तर्फका दशौ तह )लाई हाकिम हुने रहर हालसम्म पुरा नभएको एक घटना बाहिर आएको छ। 

सँघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तत्कालीन मन्त्री भगवती न्यौपानेले भाद्र १२ गते एक सय २२ उपसचिव र ९७ वटा शाखा अधिकृतलाई नगरपालिका/गाउँपालिकामा सरुवा गर्दै निमित्त मुक्त गरेको थिईन।

उक्त निमित्त मुक्त अभियानमा सिम्रौनगढ नगरपालिकामा समेत शिक्षा तर्फका मदन कुमार थापा कार्यरत रहेकोले प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव राधा देवकोटालाई सरुवा गरीएको थियो।

उपसचिव देवकोटा सरुवा भएको झण्डै डेढ महिनापछि असोज २८ गते सिम्रौनगढ नगरपालिकाको कार्यालयमा हाजिर भई कामकाज शुरु गरेकि छिन। तिहार र छठ पर्वको मुखमा हाजिर भएको उपसचिव देवकोटाले कर्मचारीहरुलाई तलब भत्ता लगायत अन्य भुक्तानी गर्न समय नभएकोले तत्कालीन हाकिम थापाको नाम नै खाता सँचालन यथावत राखेकि छिन्। 

साथै तिहार र छठ पर्वको बिदा घर तर्फ प्रस्थान गर्नु पर्ने भएकाले कार्यालयमा आउन ढिलो भएको खण्डमा नगरपालिकामा कार्यरत कर्मचारीहरु मध्ये जेष्ठताको अधारमा थापालाई निमित्तको जिम्मेवारी दिएकी छिन्। 

निमित्तको जिम्मेवारी पाएका मदन कुमार थापाले हाकिम नभएको बिर्सन नसकेर हाल पनि प्रमुख प्रशासकीय अधिकृतको रुपमा नै हस्ताक्षर गर्ने गरेको प्रमाण फेला परेको छ। 

सिम्रौनगढ नगरपालिकाको मिति २०८२ साल कार्तिक १४ गते चलानी नम्बर ३३५ बाट बैदेशिक रोजगार सन्तती छात्रावृत्ति सहायताका लागि निवेदन दिने बारेको सुचना प्रकाशन गरेको छ। उक्त सुचनामा निमित्तको जिम्मेवारी पाएका मदन कुमार थापाले प्रमुख प्रशासकीय अधिकृतको रुपमा हस्ताक्षर गरेका छन्। 

मदन कुमार थापासँग यस बिषयमा कुरा गर्दा निमित्तको जिम्मेवारी पाएको र छाप लाउनेले गल्ती गरेको बताएका छन्। साथै हस्ताक्षर गर्ने बेलामा आफुले नदेखेकोले कर्मचारीहरुसँग कुरा गर्ने बताएका छन्। 

यता सिम्रौनगढ नगरपालिकाको नगरप्रमुख किशोरी प्रसाद कलवारसँग यस बिषयमा कुरा गर्दा निमित्तको जिम्मेवारी पाएकोमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा हस्ताक्षर गर्ने कार्य गलत भएको बताएका छन्। 

यसरी हाकिमबाट तल झरेका मदन कुमार थापाले आफुलाई हाकिम नै बुझि प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर गर्न नियमसंगत नभएकोले सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।

Comments (0)
Add Comment