रूपेश यादव
बारा , १९ कार्तिक
भू–उपयोग नियमावली जारी भएको करिब चार वर्ष बित्दासम्म बाराको अधिकांश पालिकाले अनलाइन जग्गा बर्गिकरण गरिएको छैन । बिश्रामपुर गाउँपालिकाकाे अनलाइन जग्गा वर्गीकरण भएको छ।
बाँकी रहेको पालिकाले अनलाइन जग्गा वर्गीकरण गर्ने प्रक्रियामा लागेका छन् ।
जग्गाको वर्गीकरण नगरे पुनःकित्ताकाटलगायत जग्गा प्रशासन सम्बन्धी काम ठप्प हुने जनाइएको छ ।
बिश्रामपुर गाउँपालिकाले रोमा कन्सल्टेन्सीद्वारा अमिन बिजय प्रसाद यादव, र नापी कार्यालय कलैयाका कार्यालय प्रमुख सुबाेध यादवलाई र मालपोत कार्यालय कलैयाका सागर साहलाई बुझाएका छन।
अनलाइन जग्गा वर्गीकरण भएपछि राजस्व चुहावट, जग्गा मूल्यांकन, आवास र खेतीमा जनप्रतिनिधिद्वारा गरिने सिफारिसमा चलखेल बन्द भएको जनाएको छ।
बिश्रामपुरका गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटेले अनलाइन वर्गीकरणको अभावमा रोक्का रहेका जग्गा कारोबार अब सुचारु हुने बताए । बिश्रामपुरका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीले नगर क्षेत्रको जग्गा वर्गीकरण भू–उपयोग ऐन र नियमावलीले तोकेको मापदण्डअनुसार वैज्ञानिक ढंगमा गरिएको दाबी गरे । जग्गा वर्गीकरण नभएकै कारण धितो राखेर ऋण पाउन गाह्रो भएपछि सर्वसाधारणको उपचार, विहेवारी, छोराछोरीका पढाई, अंशबन्डा जस्ता अत्यावश्यक सामाजिक कार्यमा अवरुद्ध हुदै आएकोले जनसहभागितामा दबाबमूलक अभियान सञ्चालन गर्नुपरेको बताए । उनले जग्गा कारोबार ठप्प हुँदा नगरपालिकाको आन्तरिक स्रोत घटेको पनि जानकारी प्राप्त भएको छ।
‘वर्गीकरणले बिश्रामपुरका सम्पूर्ण नगरवासीले राहतको सास फेरेका छन्,’ प्रमुख प्रशासकीय अधिकृत केशरीले भने, ‘यसले पालिका क्षेत्रको व्यापार, व्यवसाय र पर्यटन उद्योगमा पनि लगानी बढाउन सहज पारेको छ ।’ विगत केही समयदेखि कृषि प्रयोजनका अधिकांश जग्गा घर तथा आवास क्षेत्रका लागि प्रयोग हुन थालेपछि सरकारले भू–उपयोग नियमावलीमार्फत नियमन गर्नका लागि जग्गा वर्गीकरणलाई अनिवार्य गरेपछि केही समयका लागि सर्वसाधारणले दुःख पाएको केशरीले बताए ।
‘वर्गीकरण पश्चात् नापी, मालपोत र वित्तीय संस्थाका काम पुनःलयमा फर्कने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत केशरीले बताए । वर्गीकरण विवरण मालपोत कार्यालय कलैया , तथा नापी कार्यालय कलैयामा अमिन बिजय प्रसाद यादवले हस्तान्तरण गरेका छन् ।
यस्ता अनलाइन वर्गीकरण गरिएकोमा राेमा कन्सल्टेन्सी लगाएत सहयोगी सबैलाई गाउँपालिकाकाे तर्फबाट हार्दिक धन्यवाद ज्ञापन समेत गरे