जनता समाजवादी पार्टी नेपालका बारा उम्मेदवार रामबाबु यादव घरदैलो अभियानमा, जनतासँग प्रत्यक्ष भेटघाट

जनता समाजवादी पार्टी नेपालका बारा उम्मेदवार रामबाबु यादव घरदैलो अभियानमा, जनतासँग प्रत्यक्ष भेटघाट

बारा , ११ माघ

आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी नेपालका बारा जिल्लाका उम्मेदवार रामबाबु यादवले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। उहाँले विभिन्न गाउँ–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, गुनासा र सुझाव संकलन गरिरहनु भएको छ।

घरदैलो अभियानका क्रममा यादवले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सिँचाइ, सडक, खानेपानीलगायत स्थानीयस्तरका ज्वलन्त समस्याबारे जनतासँग छलफल गरेका छन्। जनताले लामो समयदेखि भोग्दै आएको विकासको अभाव, बेरोजगारी र सेवा प्रवाहमा देखिएको कमजोरीबारे खुलेर कुरा राखेका छन् भने ती समस्यालाई समाधान गर्ने प्रतिबद्धता उम्मेदवार यादवले व्यक्त गरेका छन्।

यादवले जनतासँग संवाद गर्दै भने, “राजनीति सत्ता र पदका लागि होइन, जनताको जीवनस्तर परिवर्तनका लागि हुनुपर्छ। बारा जिल्लाको समग्र विकास, सुशासन र सामाजिक न्याय नै मेरो मुख्य एजेन्डा हो।” उहाँले जनताको विश्वास र साथ पाएमा क्षेत्रको विकासका लागि इमान्दार र पारदर्शी रूपमा काम गर्ने प्रतिवद्धता जनाएका छन्।

घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा युवा सहभागिता समेत उल्लेखनीय देखिएको छ। स्थानीय बासिन्दाले समेत जनतासँग प्रत्यक्ष संवाद गर्ने उम्मेदवारको शैलीको प्रशंसा गर्दै यसपटक परिवर्तनको अपेक्षा व्यक्त गरेका छन्।

जनता समाजवादी पार्टी नेपालले समावेशी विकास, सामाजिक न्याय र जनताको अधिकारलाई केन्द्रमा राखेर राजनीति गर्दै आएको उल्लेख गर्दै, उम्मेदवार रामबाबु यादवले बारा जिल्लालाई विकासको नयाँ दिशातर्फ लैजाने आफ्नो लक्ष्य रहेको बताएका छन्। घरदैलो अभियानसँगै उहाँको चुनावी गतिविधिले बारा जिल्लाको राजनीतिक माहोल थप सक्रिय बन्दै गएको छ।

Comments (0)
Add Comment