बारा बारद्वारा सामाजिक सञ्जालमा फैलिएका खबरप्रति आपत्ति

कलैया, ११ माघ

बारा जिल्ला अदालत बार एशोसिएशनले सदस्य अधिवक्ता एकरामुल हकमाथि लागेको आरोपसँग सम्बन्धित घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रेस विज्ञप्तिमा बार एशोसिएशनले भनेको छ कि, पिडितबाट जाहेरी दर्ता भइसकेको छ र अनुसन्धान भइरहेको अवस्थामा पूर्वधारणासहित आरोपीलाई दोषी ठहर गर्ने र सामाजिक सञ्जालमार्फत अमानवीय व्यवहार देखाउने कार्य कानूनको शासनको उपहास हो।
अधिवक्ता एकरामुल हकले पिडितको मुद्दामा कुनै अनैतिक कार्य नगरेको र घटना हनी ट्र्याप जस्तो पूर्व नियोजित योजना अन्तर्गत भएको बताएको बारले उल्लेख गरेको छ। प्रेस विज्ञप्तिमा पिडितलाई आवश्यक सहयोग उपलब्ध गराइने र अनुसन्धानले दोष प्रमाणित भएमा कानुन अनुसार कारबाही हुने स्पष्ट पारिएको छ।
बार एशोसिएशनले यस सम्बन्धमा सामूहिक हिंसा, भिडियो सार्वजनिक गर्ने र झुठा आरोप फैलाउने प्रयास गर्ने व्यक्तिहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायमा माग गरेको छ।
यस विज्ञप्तिमा बार अध्यक्ष उपेन्द्र प्रसाद जयसवाल र सचिव समसुदिन हवारीको हस्ताक्षर रहेको छ।

Comments (0)
Add Comment