जनमत पार्टीका उम्मेदवार प्रमोद गुप्ताद्वारा धर्मनगरमा घरदैलो सम्पन्न

बारा , १२ माघ

जनमत पार्टीको तर्फबाट बारा क्षेत्र नं. ३ का उम्मेदवार प्रमोद गुप्ताले आज धर्मनगरमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय मतदाताको उल्लेख्य सहभागिता रहेको थियो।

घरदैलो क्रममा उम्मेदवार गुप्तासँगै पूर्व प्रदेश सभा सदस्य पारस साह, जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेल तथा युवा नेता सुजित पाण्डेय समेत सहभागी रहेका थिए। उनीहरूले घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम तथा विकाससम्बन्धी एजेन्डा प्रस्तुत गरेका थिए।

उम्मेदवार गुप्ताले बारा क्षेत्र नं. ३ को समग्र विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवामा सुधार तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय बासिन्दाले जनमत पार्टीको एजेन्डाप्रति चासो देखाउँदै सकारात्मक प्रतिक्रिया जनाएका छन्।

कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको जनमत पार्टीले जनाएको छ।

Comments (0)
Add Comment