रास्वपाले खगेन्द्र सुनार विवादमा सार्वजनिक स्पष्टीकरण 

रास्वपाले खगेन्द्र सुनार विवादमा सार्वजनिक स्पष्टीकरण

काठमाडौ, १६ माघ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका उम्मेदवार खगेन्द्र सुनार सम्बन्धमा सामाजिक सञ्जालमा उठेका प्रश्न र चासोप्रति आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

पार्टीले जारी विज्ञप्तिमा सुनारले आफ्नो अभिव्यक्तिबाट पर्न गएको भ्रम र धार्मिक-सांस्कृतिक भावनामा लागेको चोटप्रति क्षमायाचना गरेको उल्लेख गरेको छ। सुनारले आफू शाकाहारी भएको, कुनै पनि पशु वा पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रति पूर्ण सम्मान राख्ने प्रष्ट पारेका छन्।

पार्टीले उम्मेदवारलाई भविष्यमा अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराएको जनाएको छ। विज्ञप्तिमा रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता र धार्मिक-सांस्कृतिक विविधतामा आधारित सह-अस्तित्व र पारस्परिक सम्मानलाई आफ्नो मूल मर्म मानेको पनि स्पष्ट पारेको छ।

पार्टीले थप भन्यो कि रास्वपा कुनै पनि उत्तेजनात्मक गतिविधि वा सामाजिक सदभाव बिगार्ने तत्वको पक्षमा छैन र भविष्यमा पनि हुने छैन। उम्मेदवारहरू केवल चुनाव जित्न होइन, संसदमा संयमित र देशको विधि–विधानको सम्मान गर्ने नेतृत्व प्रस्तुत गर्ने प्रतिबद्धतामा छन्।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, पार्टी विधिको शासन, सामाजिक न्याय र सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अडिग रहनेछ।

Comments (0)
Add Comment