इन्जिनियर अरविन्द साह बारा–३ मा घरदैलो अभियानमा सक्रिय

कलैया, १८ माघ

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर अरविन्द साह बारा–३ मा सक्रिय देखिएका छन्।

आइतबार बिहान उनले कलैया उपमहानगरपालिका–१४ स्थित भौंरा र जितपुर टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। कार्यक्रममा उम्मेदवार साहले आफ्नो राजनीतिक एजेन्डा र क्षेत्रको विकास योजनाबारे विस्तृत जानकारी दिएका छन्।

साहले भ्रष्टाचार र सरकारी प्रणालीमा रहेका बेथिति रोक्ने, दलीयकरण कम गर्ने तथा पारदर्शी र उत्तरदायी शासनको स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै, सडक, खानेपानी, सरसफाइ, शिक्षा र स्वास्थ्यजस्ता सेवामा दीर्घकालीन सुधारको स्पष्ट योजना उनले प्रस्तुत गरेका छन्।

कार्यक्रममा रास्वपाका स्थानीय नेता, कार्यकर्ता, स्वयंसेवक र युवाहरूले पनि सक्रिय सहभागिता जनाएका थिए। उम्मेदवार साहको घरदैलो अभियानले मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउँदै उनीहरूको समर्थन जुटाउने प्रयासलाई गति दिने अपेक्षा गरिएको छ।

Comments (0)
Add Comment