सिए शाहको नेतृत्वमा सुवर्ण गापा–७ तथा देवताल गापा–२ र ५ मा सशक्त मतदाता भेटघाट तथा घरदैलो अभियान

उपेन्द्र पासवान

बारा,२६ माघ

जनमत पार्टीले बारा क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको छ। योग्य मधेशको सान, जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतको निर्देशनमा आइतबार देवताल गाउँपालिका वडा नं. २ तथा देवताल गा पा–५ धुरहा टोल क्षेत्रमा घरदैलो अभियान सम्पन्न भएको हो।

घरदैलो कार्यक्रममा जनमत पार्टीका युवा नेता सिए राजेश शाहको नेतृत्वमा गजानन्द प्रसाद यादव सहितको टोलीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको निर्वाचन नीति, कार्यक्रम तथा दीर्घकालीन क्षेत्रीय विकास योजनाबारे जानकारी गराएका थिए।

अभियानका क्रममा युवा नेताहरूले डा. सिके राउतको मार्गदर्शनमा अघि बढिरहेको जनमत पार्टीको कार्यशैली, सुशासनको अवधारणा तथा मधेश केन्द्रित विकास योजनाबारे स्पष्ट पारे। उनीहरूले स्थायी विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित ठोस परियोजनाहरू कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा सहभागी स्थानीय नागरिकहरूले जनप्रतिनिधि र युवा नेताहरूको सक्रियता, जनतामुखी सोच तथा क्षेत्रको समग्र विकासका लागि देखाइएको योजनाबद्ध तयारीको खुलेर प्रशंसा गरेका थिए।

पार्टीका युवा नेता सिए राजेश शाहले मतदातासँगको प्रत्यक्ष संवाद नै जनमत पार्टीको चुनावी अभियानको मुख्य आधार भएको उल्लेख गर्दै, आगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारहरूले जनताको अपेक्षा र विश्वासअनुसार काम गर्ने दृढता व्यक्त गरे।

घरदैलो अभियान अन्तर्गत सुवर्ण गाउँपालिका–७, देवताल गाउँपालिका–५ (धुरहा) तथा देवताल गाउँपालिका–२ का विभिन्न टोल र घरघरमा पुगेर मतदातासँग प्रत्यक्ष सम्पर्क गरिएको थियो। यस अभियानले आगामी निर्वाचनमा जनमत पार्टीप्रतिको जनसमर्थन अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

Comments (0)
Add Comment