कलैयामा युवा समाज नेपालद्वारा राम नवमी अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न

कलैया, १४ चैत

राम नवमीको अवसर पारेर युवा समाज नेपालले कलैया उपमहानगरपालिका–१ स्थित भरत चौकमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि कलैया उपमहानगरपालिका नगर प्रमुख बिनोद साह रहेका थिए। कार्यक्रममा कलैयास्थित ब्लड बैंकले सहजीकरण प्रदान गरेको थियो।

आयोजकका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा जम्मा ५१ जना सहभागीहरूले रक्तदान गरेका थिए। रक्तदानकर्ताहरूमा स्थानीय युवासहित महिला तथा पुरुषको सहभागिता उल्लेखनीय रहेको थियो।

युवा समाज नेपालका प्रतिनिधिहरूले रक्तदान कार्यक्रम सफल भएको र यसले स्वास्थ्य सेवामा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। आयोजकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

स्थानीय बासिन्दाहरूले रक्तदान कार्यक्रमको प्रशंसा गर्दै स्वास्थ्य र मानवसेवामा समुदायको योगदान महत्वपूणर् रहेको बताएका छन्।

Comments (0)
Add Comment