कलैया, १४ चैत
बारा जिल्लामा २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। यस वर्ष जिल्लाबाट नियमित, ग्रेड वृद्धि तथा प्राविधिक धार गरी कुल १० हजार ८१४ जना परीक्षार्थी सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई बारा का निमित्त प्रमुख अशोक रौनियारका अनुसार नियमिततर्फ ८ हजार ३७७ जना विद्यार्थी परीक्षा दिनेछन्। यस्तै, २०८० र २०८१ सालका गरी ग्रेड वृद्धितर्फ १ हजार ९९९ जना परीक्षार्थी सहभागी हुनेछन्।
त्यसैगरी प्राविधिक धारतर्फ ३७५ जना तथा प्राविधिक ग्रेड वृद्धितर्फ ६३ जना परीक्षार्थी सहभागी हुने जानकारी दिइएको छ।
रौनियारका अनुसार विभिन्न केन्द्रमा परीक्षार्थीको विवरण यसप्रकार रहेको छ:
निजगढस्थित श्री गौरी माध्यमिक विद्यालयमा नियमित ३२८ र ग्रेड वृद्धि ९ जना गरी ३३७ जना सहभागी हुनेछन्। श्री बकैया ठाकुर माध्यमिक विद्यालय निजगढमा नियमित ३१७ र ग्रेड वृद्धि २० गरी ३३७ जना रहनेछन्।
कोल्हवीस्थित श्री अनुप दीपनी माध्यमिक विद्यालयमा नियमित २१८ र ग्रेड वृद्धि १०२ गरी ३२० जना तथा जनता माध्यमिक विद्यालय ककडी, प्रसौना कोल्हवीमा नियमित २५० र ग्रेड वृद्धि ७७ गरी ३२७ जना सहभागी हुनेछन्।
करैयामाईको श्री जनता माध्यमिक विद्यालय उमजनमा नियमित ३१० र ग्रेड वृद्धि ५५ गरी ३६५ जना तथा सिम्रौनगढस्थित श्री कंकाली माध्यमिक विद्यालयमा ३०६ नियमित र ९० ग्रेड वृद्धि गरी ३९६ जना सहभागी हुनेछन्।
पचरौतास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिपरपातीमा २४५ नियमित र ६९ ग्रेड वृद्धि गरी ३१४ जना तथा जयनगर च्युटाहाँको श्री राम चरित्र माध्यमिक विद्यालयमा ३१८ नियमित र १२३ ग्रेड वृद्धि गरी ४४१ जना परीक्षार्थी रहनेछन्।
गंज भवानीपुरस्थित श्री भोला माध्यमिक विद्यालयमा ३३४ नियमित र ९५ ग्रेड वृद्धि गरी ४२९ जना तथा बरियारपुरको श्री गढीमाई महेन्द्र माध्यमिक विद्यालयमा ३४० नियमित र १०५ ग्रेड वृद्धि गरी ४३५ जना सहभागी हुनेछन्।
देवतालको इन्द्रदेव माध्यमिक विद्यालय अम्वामा २८३ नियमित र ६७ ग्रेड वृद्धि गरी ३५० जना तथा सुवर्ण गाउँपालिकाको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कबही जगतमा २८१ नियमित र ९४ ग्रेड वृद्धि गरी ३७५ जना सहभागी हुनेछन्।
कलैयास्थित श्री सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयमा २६० नियमित र ३८ ग्रेड वृद्धि गरी २९८ जना तथा श्री ३ चन्द्र माध्यमिक विद्यालयमा ३०६ नियमित र १०५ ग्रेड वृद्धि गरी ४११ जना परीक्षार्थी रहनेछन्।
बैरियाको श्री दुर्गा माध्यमिक विद्यालय बरेवामा २८१ नियमित र १०९ ग्रेड वृद्धि गरी ३९० जना तथा पन्नादेवी माध्यमिक विद्यालय कलैयामा ३०४ नियमित र ४० ग्रेड वृद्धि गरी ३४४ जना सहभागी हुनेछन्।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कलैया मदर्शामा ३३९ नियमित र ४१ ग्रेड वृद्धि गरी ३८० जना तथा मनहर्वा कलैयामा २४५ नियमित र ६२ ग्रेड वृद्धि गरी ३०७ जना सहभागी हुनेछन्।
जनता माध्यमिक विद्यालय भवानीपुर कलैयामा ३४८ नियमित र १९ ग्रेड वृद्धि गरी ३६७ जना तथा फकिरा गिरी माध्यमिक विद्यालय जितपुर नगौलमा ३०१ नियमित र १३ ग्रेड वृद्धि गरी ३१४ जना सहभागी हुनेछन्।
सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ३९९ नियमित र ४३ ग्रेड वृद्धि गरी ४४२ जना तथा पथलैयास्थित विद्यालयमा ३२५ नियमित र ३५ ग्रेड वृद्धि गरी ३६० जना परीक्षार्थी रहनेछन्।
प्रसौनीको बेंगा साह माध्यमिक विद्यालयमा २५६ नियमित र ८९ ग्रेड वृद्धि गरी ३४५ जना तथा फेटास्थित विद्यालयमा २२९ नियमित र ६७ ग्रेड वृद्धि गरी २९६ जना सहभागी हुनेछन्।
फत्तेपुर जितपुरको विद्यालयमा २९१ नियमित र २५ ग्रेड वृद्धि गरी ३१६ जना तथा मनकामना इंग्लिश बोर्डिङ स्कुल कलैयामा ३०५ नियमित र ११७ ग्रेड वृद्धि गरी ४२२ जना सहभागी हुनेछन्।
रामपुर प्राविधिक क्षेत्र कलैयामा रहेको विद्यालयमा १६० नियमित र १४९ ग्रेड वृद्धि गरी ३०९ जना तथा परवानीपुरस्थित जनता माध्यमिक विद्यालय रामपुरटोकनीमा २३६ नियमित र ७५ ग्रेड वृद्धि गरी ३११ जना सहभागी हुनेछन्।
भोजभगत माध्यमिक विद्यालय लिपनीमाल, परवानीपुरमा २७२ नियमित र ६६ ग्रेड वृद्धि गरी ३३८ जना सहभागी हुनेछन्।
यसैगरी, बाल एकता इंग्लिश बोर्डिङ स्कुल कलैयामा प्राविधिकतर्फ ३७५ जना र प्राविधिक ग्रेड वृद्धितर्फ ६३ जना परीक्षार्थी सहभागी हुने जनाइएको छ।
शिक्षा इकाईले परीक्षा शान्त, मर्यादित र व्यवस्थित रूपमा सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। परीक्षा अवधिभर सुरक्षा व्यवस्थालाई समेत कडा बनाइने बताइएको छ।