कालिकामाई गाउँपालिकामा ‘जेन–जी’ समूहको अराजक गतिविधि, कारबाहीको माग

राजन कुमार बानियाँ

पर्सा, १७ चैत

पर्सा जिल्लाको कालिकामाई गाउँपालिकामा ‘जेन–जी’ नामका केही युवाहरूको अराजक गतिविधि बढेको आरोप लगाइएको छ। गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूले उक्त समूहका व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गरेका छन्।

गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता, उपाध्यक्ष राजमती बरैनी लगायतका जनप्रतिनिधि र कर्मचारीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी भाेला दाहालसंग लिखित रूपमा कारबाहीको माग गरेका हुन्।

गाउँपालिका कार्यालयका अनुसार विगत तीन महिनादेखि जेन–जी प्रतिनिधि भनेर चिनिने ६–७ जना युवाले कार्यालय समयमा कर्मचारीहरूलाई अनावश्यक बेइज्जती, गालीगलौज, धम्की र कुटपिट गर्ने गरेको पाइएको छ। उनीहरूले कार्यालयसँग सरोकार नराख्ने सूचनाहरू माग गर्ने र सार्वजनिक सूचना बहानामा कार्यालयको सामान्य कामकाजमा अवरोध पुर्‍याउने गरेका छन्।

स्थानीय प्रशासन र जनप्रतिनिधिहरूले वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरेका भए पनि, विगत दुई दिनदेखि उक्त समूहको गतिविधि अराजक रूपमा बढेको भन्दै कार्यालयमा सेवा प्रवाह नै प्रभावित भएको जनाएको छ।

यस क्रममा अध्यक्ष गुप्ता, उपाध्यक्ष बरैनी, वडाध्यक्ष सोनालाल प्रसाद चौरसिया, जयनारायण प्रसाद कुर्मी, संजय साह गोढ, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, स्वास्थ्य संयोजक धिरज कुमार साह लगायतको समुह जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

गाउँपालिकाले उक्त समूहको नाईकेमाथि कानुनी प्रकृया अगाडि बढाउन जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको छ।

Comments (0)
Add Comment