केन्द्रीय सदस्य एवम् फेटा गापाको अध्यक्ष पदको उम्मेदवार दुबे द्वारा प्रेस जनमत सँघ बारालाई प्रेस टिसर्ट हस्तान्तरण

केन्द्रीय सदस्य एवम् फेटा गापाको अध्यक्ष पदको उम्मेदवार दुबे द्वारा प्रेस जनमत सँघ बारालाई प्रेस टिसर्ट हस्तान्तरण

शु.आ. सम्वाददाता

कलैया , ०७ आषाढ

प्रेस जनमत संघ बाराको यहि जेष्ठ २४ गते बिस्तारित बैठकबाट अनिल पाण्डेयको नेतृत्वमा समिति गठन भएको थियो। उक्त कार्य समितीको सम्पुर्ण सदस्यलाई जनमत पार्टीको केन्द्रीय सदस्य एवम् फेटा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार उमेश कुमार दुबेले एक कार्यक्रममा प्रेस टिसर्ट हस्तान्तरण गरेका छन्।

दुबेले आफ्नो निज निवास फेटा गाउँपालिका वडा नं ७ गम्हरियामा शनिबार बिहान चियापान कार्यक्रमको आयोजना गरी प्रेस जनमत सँघका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष अनिल पाण्डेयलाई प्रेस टिसर्ट हस्तान्तरण गरेका हुन । प्रेस टिसर्ट हस्तान्तरण गर्दै जनमत पार्टीका केन्द्रिय सदस्य एवम फेटा गाउपालिका अध्यक्ष पदको उम्मेदवार दुबेले भ्रष्टाचारमा लिप्त हुने जनप्रतिनिधि लगायत भ्रष्ट कार्यमा जो सुकै बिरूध आफ्नो कलम निरन्तर चलाउन आग्रह गरे । उनी आफू पत्रकारिता क्षेत्रबाटै समाजसेवा तर्फ अग्रसर भएकै कारण पत्रकारिता क्षेत्रमा बढ्दै गएको असुरक्षालाई ध्यानमा राख्दै अगाडी बढ्न प्रेस जनमत संघलाई आग्रह गर्नु भयो ।

विभिन्न राजनीति दलका भातृ संगठन रहेपनी जनमत पार्टीको भातृ संगठन प्रेस जनमत संघले आफ्नो कार्य प्रती इमान्दार रहने बिश्वास सहित केन्द्रिय सदस्य दुबेले अध्यक्ष अनिल पान्डेय सहित ११ सदस्यलाइ टि सर्ट बितरण गरेका छन । फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया, केन्द्रिय सदस्य दुबेकै निवासमा सम्पन्न कार्यक्रममा प्रेस जनमत संघ बाराका सल्लाहकार अमरेश पान्डेय, उपाध्यक्ष श्यामल गिरि, सचिव राजु चौरसिया, कोषाध्यक्ष उपेन्द्र पाश्वान, सदस्य शेसनाथ यादव लगायतको उपस्थित रहेको थियो ।

Comments (0)
Add Comment