राैतहट ईशनाथको ११ औं नगर सभा, यो संगै रौतहटको ८ पालिकाको नगर सभा सम्पन्न

राैतहट ईशनाथको ११ औं नगर सभा, यो संगै रौतहटको ८ पालिकाको नगर सभा सम्पन्न

 

रूपेश यादव

 

राैतहट ,७ अषाढ

 

 

रौतहटको इशनाथ नगरपालिकाको ११ औं नगर सभा अधिवेशन सम्पन्न भएको छ । आज ७ गते शनिबार नगर प्रमुख श्रीमती कौशल्या देवीको अध्यक्षतामा सम्पन्न उक्त सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ६४ लाख ५२ हजार ४९७ रुपैयाँको बजेट प्रस्तुतका साथै नगरसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो ।

 

 

नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

 

राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए ।

 

 

नगरसभामा प्रमुख अतिथि पूर्व सचिव राम स्वरूप सिन्हा , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ता , उप प्रमुख मो. प्रवेज आलम, ईशनाथ औरैया खानेपानीको अध्यक्ष किशोरी यादव, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सबै नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, प्रहरी लगायतको सहभागितामा नगर अधिवेशन सम्पन्न भएको लेखा अधिकृत मनोज ठाकुरले बताएका छन् ।

 

 

यसैगरी आज ७ गते नै गढीमाई नगरपालिकाले पनि आफ्नो १२ औं नगर सभा अधिवेशन सम्पन्न गरेका छन् । आज भएको अधिवेशनले पालिकाको बिकासका लागि करिब ५४ करोडको बजेट ल्याइएको बताएका छन् । यस्तै बितेको शुक्रबार ६ गते राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजिक आलमले ९औं नगर अधिवेशनबाट २४ करोड ४७ लाखको बजेट विनियोजन गरेका छन् भने माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादवले १० औं नगरअधिवेशनबाट ५३ करोड ३५ लाख भन्दा बढी बजेट सार्वजनिक गरेका हुन् । यस्तै गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जैसवालले आफ्नो नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशनबाट ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ रुपैयाँ बराबरको बजेट नगर सभाबाट सर्वसम्मतिले पारित भएको बताएका छन् । उनले बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, लघु उद्यम, महिला, बालबालिका, दलित, अपाङ्ग र पछाडि पारिएका वर्गको हितमा नीति तथा कार्यक्रमहरू अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिएको हो ।

यस्तै बौधिमाई नगरपालिकाले आफ्नो १० औं नगर सभाबाट नगर प्रमुख प्रदिपकुमार यादवले ४४ करोडको बजेट प्रस्तुत गरेका छन् भने कटहरिया नगरपालिकाले बितेको ३ गते आफ्नो पालिकाको ११ औ नगरसभा सम्पन्न गरेको थियो । कटहरिया नगरपालिकाको नगरप्रमुख अजय प्रकाश जैसवालले शान्तिपुर्ण रुपमा ११ औं नगरसभा सम्पन्न भएको ५४ करोड २५ लाख ५२ हजार चार सय ७५ रुपैयाको आय व्यय प्रस्तुत गरेको थियो ।

Comments (0)
Add Comment