प्रहरी निरीक्षक मिश्रको सक्रियतामा चोरीको ५ वटा मोटरसाइकल सहित तिन जना पक्राउ

प्रहरी निरीक्षक मिश्रको सक्रियतामा चोरीको ५ वटा मोटरसाइकल सहित तिन जना पक्राउ

 

शु.आ. सम्बाददाता

 

ईलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक रंजन मिश्रको सक्रियतामा मँगलबार चोरीको ५ वटा मोटरसाइकल सहित तिन जनालाई पक्राउ गरीएको छ।

 

विभिन्न मिति, समय र स्थानबाट मोटरसाइकलहरु हराएको/चोरी भएकोले खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोल्हवीमा निवेदन आएसँगै प्रहरी निरीक्षक मिश्र एक्सनमा आएका छन्। मिश्रको एक्सनले मँगलबार नै चोरीको ५ वटा मोटरसाइकल सहित तिन जनालाई पक्राउ गरीएको प्रहरी प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन्।

 

प्र.२-०३-००६ प ६५१५ नम्बरको १२५ सि.सि. क्षमताको होण्डा कम्पनीको साईन मोटरसाइकल , ना. ४८ प. ६९७० नं. को टिभिएस कम्पनीको कालो रङको आरटिआर २०० मोटरसाइकल, बा. ९४ प. २१४६ नम्बरको बजाज कम्पनीको २२० सि.सि. क्षमताको निलो रङको पल्सर मोटरसाइकल, ना. ६५ प. ८८६० नं. को टिभिएस कम्पनीको रातो कालो रङको स्ट्रिकर मोटरसाइकल र प्रदेश २-०३-००५ प ६२२६ नं.को टिभिएस कम्पनीको निलो रङकको स्ट्रिकर मोटरसाइकल सहित तिन जनालाई पक्राउ गरीएको छ।

 

उक्त मोटरसाइकल सहित कोल्हबी नगरपालिका वडा नं. १ कोल्हबी बस्ने बर्ष २१ को राहुल बि.क , बर्ष २३ को अर्जुन खवास र बर्ष २३ को मुस्कान चौधरीलाई पक्राउ गरीएको छ।

 

पक्राउ गरीएको तिनै जनालाई चोरी सम्बन्धी कसुर मुद्धामा बारा जिल्ला अदालत बाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको व्यहोरा जानकारी समेत प्रबक्ता पण्डितले दिएका छन्।

Comments (0)
Add Comment