भारतीय नागरिक मोजामिल हुसेनको मटिअर्वा नाकाबाट कवाड सँगै कपडा र मकै तस्करी 

भारतीय नागरिक मोजामिल हुसेनको मटिअर्वा नाकाबाट कवाड सँगै कपडा र मकै तस्करी

 

शु.आ. सम्बाददाता

 

कलैया , ०३ साउन

 

 

बाराको मटिअर्वा नाकाबाट तस्करीमा कडाई गरीएको प्रहरीको दाबी रहेपनि रातिमा कवाड सँगै कपडा र मकैको तस्करी सँचालन नै रहेको छ। मटिअर्वा नाकाबाट तस्करी भईरहेको प्रशस्त प्रमाणहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयमा पुगे पनि तस्करी रोकिएको छैन। जसको उदाहरण स्वरुप सशस्त्र प्रहरी प्रस्तावित गुल्म मटिअर्वाको ईन्चार्जको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायव निरीक्षकहरुलाई बारम्बार तस्करी गराएको भन्दै कहिले हेडक्वाटर त कहिले छिन्नमस्ता बाहिनीमा तानिने गरेको सर्वविदितै छ।

 

त्यस्तै हाल सशस्त्र प्रहरी प्रस्तावित गुल्म मटिअर्वाको ईन्चार्ज सशस्त्र प्रहरी नायव उपरीक्षक उदय राज न्यौपानेलाई हेडक्वाटर तानिएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक न्यौपानेलाई हेडक्वाटर तानिएपछि सशस्त्र प्रहरीले दिनमा कडाई गर्ने र रातिमा भारतीय नागरिक मोजामिल हुसेनको कवाड सँगै कपडा, मकै तस्करी गराउने गरेको श्रोतको दाबी रहेको छ। सशस्त्र प्रहरीले दिनमा घरायसी समान सहित मलखाद ल्याउन समेत रोक लागेकोले बुधबार स्थानियहरुले उक्त नाकामा टायर बालि प्रदर्शन समेत गरेका थिए।

 

सशस्त्र प्रहरी बल नेपालले बारम्बार प्रस्तावित गुल्मको ईन्चार्जलाई तस्करी कार्यमा सँगल्न रहेको आरोपमा तानेपनि नेपाल प्रहरीले खासै कुनै चाँसो नदेखिएकोले नेपाल प्रहरीलाई तलदेखि माथिसम्म भारतीय नागरिक मोजामिल हुसेनले केहि नेपालि नागरिकको मार्फत रकम पुगाउने गरेको सजिलै अनुमान गर्न सकिन्छ।

 

भारतीय नागरिक मोजामिल हुसेनको मटिअर्वा नाकाको दशगजामा नै कवाड राख्ने गरेको सजिलै देख्न सकिन्छ। साथै रातिको समयमा ठेलाको माध्यमबाट नै उक्त कवाड सँगै चाईनिज मकै भारत तर्फ पठाउने गरेको र सोहि ठेलाको माध्यमबाट भारतबाट नेपालतर्फ कपडा ल्याउने गरेको श्रोतको दाबी रहेको छ।

 

भारतीय नागरिक मोजामिल हुसेनले केहि नेपालि नागरिकलाई साझेदारीमा राखि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मासिक ४० लाख सम्म बुझाउने गरेको श्रोतको दाबी रहेको छ। मासिक रकम नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिनमा मलखाद समेत ल्याउन नदिने तर रातिमा ठेलाको माध्यमबाट नै कवाड सँगै कपडा र चाईनिज मकैको तस्करी गराउने गरेको दाबी रहेको छ।

 

त्यस्तै उक्त नाकाबाट तस्करी गर्न मुन्ना , सँजय , बिरेन्द्र लगायत भारतको बेल्दारवा निवासी झगरु भन्ने ब्यापारीहरुले ग्रिन सिग्नल पाएका छन्

 

यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराको प्रबक्ता एबम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितसँग कुरा त्यस्तो नहुनुपर्ने तर पनि मटिअर्वा चौकिलाई जानकारी गराउने बताएका छन्।

Comments (0)
Add Comment