बारा निर्वाचन क्षेत्र नम्बर ३ मा स्थानीयदेखि तीन तहकै निर्वाचनमा जनमतले हात पार्ने प्रबल सम्भावना

 

शु.आ. सम्बाददाता

 

बारा, १२ साउन

 

स्थानीय तह लगायत तीन तहकै निर्वाचनमा नेकपा एमाले निर्वाचित भएपनी जनताले बोकेको आशा भरोसा अनुसार काम गर्न नसकेको कारण मिसन २०८४ अन्तर्गत जनमत पार्टीले हात पार्न सक्ने प्रवल सम्भावना बढेको देखिन्छ । क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने मटिअर्वा छोटी भन्सार लगायत स्थानीय तहमा निर्वाचित सान्सद, बिधायक, मेयर, उपमेयर लगायत वडा अध्यक्षहरूले जनता सङ्ग गरेको वाचा पूरा गर्न नसक्दा जनमत पार्टीको लोकप्रियता बढ्दै गएको देखिएको हो ।

 

स्थानीय तह लगायत तीन तहकै निर्वाचनको समयमा ठुला दलका नाममा राजनीति गरिएपनी जनताले बोकेको आशा र भरोसा अनुसार काम गर्न नसकिएको कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी नाम परिवर्तित छोटेलालले बताए । उनका अनुसार मिसन २०८४ मा जनताको पक्षमा नै उभिने उम्मेदवारलाई रोजने बताए । जनताको हरेक सुख दुखको साथीको रूपमा स्थापित जनमत पार्टीलाई नै रोजने बताए । जनता सङ्ग वाचा गर्छन तर हालसम्म कुनै पनि पार्टीका नेताले जनताको पक्षमा उत्रिन नसक्दा अबको मिसन २०८४ मा जनमत पार्टीलाई नै रोजने बताए । केन्द्रसम्मका नेताहरू कृष्कको मर्म सङ्ग खेलवाड गर्दै आएको समेत आरोप, उनले लगाए ।

 

कृषी प्रधान देशको रूपमा नेपाललाइ मानिएपानी हालसम्म कृष्कलाइ चाहिने मल आपूर्ति गर्न नसकिएको आरोप, उनले लगाए । ठुलै दलका नेता मात्र भन्नका लागि रहेको कारण यसपालिको निर्वाचनमा मधेसी समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुने डा.सि.के राउतको अभियानलाइ सफल पार्न जनमत पार्टीलाई साथ र सहयोग गर्ने बताए । बारा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने कलैया उपमाहनगरपालिक लगायत फेटा गाउपालिकामा समेत जनमत पार्टीको लहर छाएको, उनले बताए ।

 

फेटा गाउपालिका वडा नम्बर ७ कुकुरभुका निवासी नाम परिवर्तित एक जना युवाले जनमत पार्टीको लहर मात्र नभइ जनताको मन मनमा उम्मेदवार उमेश दुबे रहेको कारण पनि जनमत पार्टी अग्रपन्तिमा रहने बताए । उनका अनुसार फेटा गाउपालिका क्षेत्र नम्बर ३ र ४ अन्तर्गतमा परेपनी २०८४ मा जनमत पार्टीका उम्मेदवार उमेश दुबेलाइ नै जनताले मन पराएको बताए । फेटा गाउपालिकाको सातवटै वडाका स्थानीयले जनमत पार्टीका उम्मेदवार उमेश दुबे जनताको हरेक पीडा, दुखमा सहयोग गर्नुको साथै गाउपालिकाको हरेक युवाको मन मनमस्तिकमा बास गरेको कारण पनि क्षेत्र नम्बर ३ मा स्थानीय निकायदेखी सान्सद बिधायकसम्म जनमत पार्टीकै निर्वाचित हुने प्रबल सम्भावना बढेको, उनले बताए ।

 

यता जनमत पार्टीका बारा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य शिवनाथ पटेलका अनुसार जनतामा जनमत पार्टीको लहर नै छाएको बताए । उनका अनुसार बारा जिल्लाको क्षेत्र नम्बर ३ मात्र नभइ चारवटै क्षेत्रमा जनमतको किल्ला गाडने बताए । जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सि.के. राउतको अभियान नै जनताको पक्षमा रहेकोले मिसन २०८४ मा बारा जिल्ला जनमतको गढको रूपमा रूपान्तरण हुने दाबी गरे ।

Comments (0)
Add Comment