शिक्षक जनमत सँघ बाराको अध्यक्षमा प्रधानाध्यापक सिंह 

शिक्षक जनमत सँघ बाराको अध्यक्षमा प्रधानाध्यापक सिंह

 

शु.आ. सम्बाददाता

 

कलैया, १५ साउन

 

जनमत पार्टीको शुभेच्छुक सँगठनको रुपमा शिक्षक जनमत सँघ बारा बिहिबार गठन भएको छ। उक्त गठनबाट प्रधानाध्यापक पप्पु कुमार सिंहको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको छ।

 

कलैया उपमहानगरपालिका वडा नं १६ स्थित नवनिर्मित पिकनिक पार्कमा प्रधानाध्यापक रामज्ञान साहको अध्यक्षतामा भएको शिक्षक भेलाबाट प्रधानाध्यापक सिंहलाई सर्वसहमतिले अध्यक्ष चयन गरेको छ। भने उक्त भेलाबाट नै उपाध्यक्ष पदमा सुरेश मुखिया र राधानन्द यदुवंशी सर्वसहमतिले चयन भएका छन्। त्यस्तै सचिवमा प्रधानाध्यापक रामज्ञान साह , सह सचिवमा प्रधानाध्यापक मुकेश चन्द्र कुशवाहा , कोषाध्यक्षमा बासमति चौधरी चयन भएको छ । साथै सदस्यहरुमा प्रधानाध्यापक विनय साह, विकेन्द्र राम , मनोज साह गोढ ,रामप्रवेश पटेल, विद्या देवी ,नागेन्द्र ठाकुर , साहेब महतो , राज यादव , शिव साह लगायत २१ सदस्यीय गठन गरीएको छ ।

 

नवगठित शिक्षक जनमत सँघ बाराको सम्पुर्ण पदाधिकारीहरुलाई जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य ओमप्रकमश साह , केन्द्रीय राजनीतिक समिति सदस्य प्रभुनाथ पटेल, जनमत पार्टीका नेता एवं संविधान सभा सदस्य प्रमोद गुप्ता , पार्टीका नेता एवं पुर्व प्रदेश सभा सदस्य पारस साह, केन्द्रीय सदस्य एवं बारा जिल्ला ईन्चार्ज शिवनाथ पटेल , केन्द्रीय सदस्य विजय गुप्ता , मधेस प्रदेश समिति उपाध्यक्ष संतोष पटेल , कलैया नगर अध्यक्ष राजदेव ठाकुर , यूवा जनमत संघ बाराका अध्यक्ष रणबहादुर गुप्ता , युवा नेता सुजित पाण्डेय , जियालाल पटेल लगायतका नेताहरुको शुभकामना मन्तव्य सहित सफल कार्यालय बधाई दिएका थिए। भने कार्यक्रममा सँचालन प्रधानाध्यापक मुकेश चन्द कुशवाहाले गरेका थिए।

Comments (0)
Add Comment