मधेस प्रदेशमा जनमत पार्टी प्रतिको लोकप्रियताका साथै जनलहर बढ्दै

मधेस प्रदेशमा जनमत पार्टी प्रतिको लोकप्रियताका साथै जनलहर बढ्दै

 

यु.के. दुबेदी

 

पर्सा, २० साउन

 

बारा पर्सा मात्रै नभइ मधेस प्रदेशको आठवटै जिल्लाहरूमा जनमत पार्टी प्रतिको बिश्वास लोकप्रियताका साथै जनलहर समेत बढ्दै गएको पाइन्छ । बिगतका दिनहरूमा गरेको मधेसवादी दलहरूका कारण दुख पीडा झेल्दै आएको बताउदै जनमत पार्टी नै मधेसको लागि उपयुक्त रहेको बताउदै जनमत पार्टी प्रवेश गर्नेहरूको संख्या बढ्दै गएको पाइएको हो ।

 

बारा जिल्लाका चर्चित पत्रकार उमेश दुबेले जनमत पार्टी प्रवेश गरे सङ्गै जनमत पार्टीमा जनमतको लहर नै छाएको जिल्लावासीहरूमा चर्चाको बिषय बनेको छ । जनमत पार्टीका केन्द्रिय सदस्य समेत रहेका उमेश दुबे, जनतामा गरेको कार्य अतुलनीय रहेको बताउदै विभिन्न पार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश हुने क्रम जारी नै रहेको स्थानीय नेताहरू बताउछन ।

 

यस बिषयमा जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेले पार्टीको विधि बिधानबाट चल्ने एक मात्र पार्टी जनमत पार्टी रहेको कारण जनमतमा लहर आएको बताउछन । उनका अनुसार ठुला दल भनाउदाहरू तीन तहकै निर्वाचनको समयमा खरिद बिक्रि गर्ने गरेको टिकटका कारण समेत जनमत पार्टी प्रवेशमा लहर छाएको बताउनु भएको हो । ठुला दल भनाउदाहरू मधेसी जनता प्रति देखाएको कर्नामाका कारण र जनमत पार्टीले एक सच्चा, स्वच्छ, इमान्दार तथा देशको लागि गर्न सकिने योगदानलाइ मध्य नजर राखी अगाडी बढने पार्टीको रूपमा रूपान्तरण हुन सफल भएका कारण पनि पार्टी प्रवेश गर्नेहरूको लहर छाएको उनले बताए ।

 

यता पर्साबाट तीन जना नेता तथा व्यवसायी जनमत पार्टीमा प्रवेश गरेका छन् । सोमबार जनमत पार्टीको केन्द्रीय सम्पर्क कार्यालय, मध्य बानेश्वरमा आयोजित कार्यक्रममा उनीहरूले औपचारिक प्रवेश गरेका हुन्।

 

पार्टी प्रवेश गर्नेमा पर्सा धोवनी निवासी तथा राजपा पर्साका पूर्व जिल्ला अध्यक्ष एवं मधेस आन्दोलनका सक्रिय नेता जगदीश पटेल, नेकपा एमाले निकट उद्योग तथा व्यवसायी महासंघ पर्साका जिल्ला अध्यक्ष भुपेन्द्र साह र युवा व्यवसायी जटा शंकर पटेल रहेका छन्।

 

उनीहरूलाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पार्टीमा स्वागत गर्दै बधाई तथा शुभकामना दिएका थिए।पार्टीमा उनिहरुको प्रवेशसँगै पर्सा जिल्लामा संगठन विस्तार र जनसहभागिता बढ्ने जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले विश्वास वक्त गरेका छन् ।

Comments (0)
Add Comment