ईप्रका सिमरौनगढमा विवादित घुमुवा कुशवाहा र सहनीको आतँक

ईप्रका सिमरौनगढमा विवादित घुमुवा कुशवाहा र सहनीको आतँक

 

शु.आ. सम्बाददाता

 

कलैया , २४ साउन

 

जिल्ला प्रहरी कार्यालय बाराबाट नै मातहतका प्रहरी युनिटहरुलाई समाचार प्रकाशन भए पनि केहि नहुने निर्देशन दिईएको छ। जसको फलस्वरूप मातहतका प्रहरी युनिटहरु आ-आफ्नो तरिकाले जनतालाई दु:ख दिने गरेका छन्।

 

त्यस्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढले पनि सधैं बिबादास्पद रहेका प्रहरी सहायक हवल्दार रुपेश कुमारी कुशवाहा र प्रहरी जवान सत्रुधन सहनीलाई घुमुवा प्रहरीको रुपमा परिचालन गरेको छ। प्रहरी सहायक हवल्दार कुशवाह रौतहटबाट बारामा आई ईलाका प्रहरी कार्यालय सिम्रौनगढको घुमुवा बसेका छन्।भने प्रहरी जवान सहनी बिगतमा पनि पथलवाघाट चौकि , खजानी चौकि लगायतमा घुमुवा बसी सकेका छन्।

 

प्रहरी जवान सहनी बिगत देखि नै सिम्रौनगढको भुगोल र ब्यापारीहरुसँग सम्बन्ध बनाएकोले प्रहरी सहायक हवल्दार कुशवाहासँग सहकार्य गरी तस्करी लगायत लागुऔषधको सिन्डिकेट नै चलाएको श्रोतको दाबी रहेको छ। जसको प्रत्यक्ष फाईदा ईलाका प्रहरी कार्यालय सिम्रौनगढको ईन्चार्ज एवम् प्रहरी निरीक्षक पवन पछाईले उठाईरहेका छन्।

 

दुबै घुमुवा प्रहरी कुशवाहा र सहनीको संरक्षणमा तस्करीको सुनियोजित सञ्जाल नै उक्त नाकाबाट करौडौंको समानहरु तस्करी गर्ने गरेको श्रोतको दाबी रहेको छ। साथै स्थानीय श्रोतको अनुसार उक्त नाकाबाट अरबिन्द, भोला , दिपक, जगतगुरु , संदिप , मास्टर , नजुदिन लगायतका ब्यापारीहरु सक्रिय भएका छन्। भोला त्यहि तस्कर रहेका छन्। जुन केहि महिना पहिलासम्म प्रहरीलाई धाकधम्की दिई जिल्ला प्रहरी कार्यालयको फरार प्रतिवादी रहेका थिए।

 

उधोग बाणिज्य सँघ सिम्रौनगढले केहि दिन पहिला छोटी भँसार सँचालन गर्न आन्दोलन स्थगित भएपछि दुबै घुमुवा द्वयले जिल्लाबाट समाचार प्रकाशन भए पनि केहि नहुने निर्देशनपछि तस्करहरुसँग मिली आतँक मचाएको रहस्य बाहिर आएको छ।

 

यस बिषयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढको ईन्चार्ज एवम् प्रहरी निरीक्षक पवन पछाईसँग प्रतिक्रिया लिन उनको कार्यालयको नम्बर ९८५५०४५२९९ मा सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन मानेका छैनन्।

Comments (0)
Add Comment