नगरप्रमुख किशोरी प्रसाद कलवार एकलौटी रुपमा नगरपालिका सँचालन गर्दै: उपप्रमुख नजमु शेहर
शु.आ. सम्बाददाता
कलैया, २६ साउन
बाराको सिम्रौनगढ नगरपालिकाको नगरप्रमुख किशोरी प्रसाद कलवार एकलौटी रुपमा नगरपालिका सँचालन गर्दै आएको उपप्रमुख नजमु शेहरले आरोप लगाएकी छिन्।
नगरपालिकाको आफ्नो कार्यकक्षमा आईतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो आरोप उपप्रमुख शेहरले लगाएकी छिन्। साथै पत्रकार सम्मेलनमा बोल्दै उपप्रमुख शेहरले नगरप्रमुख कलवार जनताको बिकास भन्दा भ्रष्टाचार गर्नेमा तल्लिन गरेको आरोप लगाएकी छिन्। नगरपालिकाको सम्पुर्ण कार्यपालिका सदस्यहरुलाई झुक्याई नगरपालिकाको निति तथा कार्यक्रम अषाढ ८ गते नै सम्पन्न गरेता पनि प्रमुख प्रशासकीय अधिकृतलाई जबरजस्ती हेटौडामा लगि नगरसभा सभा गरेको समेत पत्रकार सम्मेलनमा आरोप लगाएकी छिन्।
आर्थिक वर्ष २०८१/०८२ को चैत्र मसान्तसम्म ईन्धनको बाँकि बक्यौता भुक्तानी गरीसकेपछि कुनै पनि कर्मचारी, कार्यपालिका सदस्यहरुले ईन्धन नपाए पनि ईन्धनको भुक्तानी गर्न चालु आर्थिकको नगरसभाबाट रु १० लाख दायित्वमा राखिएको छ। त्यस्तै कार्यपालिका बैठकमा कहिले पनि खाजा नास्ता तथा चियाको ब्यवस्था नगरीएकोमा ओम होटलको ३ लाख भन्दा बढी दायित्व राखिएको छ। पच्चबर्षिय गढीमाई मेलामा १७ लाख खर्च भएको भुक्तानी गरीसकेपनि चालु आर्थिकमा समेत १७ लाख र १५ गरी दायित्व राखिएको छ। त्यस्तै अन्य गरी ६० देखि ७० लाख दायित्वमा राखि भ्रष्टाचार गर्ने नियत भएकोले आफुलाई बाईपास गरीएको उपप्रमुख शेहरले पत्रकार सम्मेलनमा बताएकी छिन।
आफुलाई जनताले निर्वाचित गराएको हुनाले आफु जनताको बिकासको लागि योजनाहरु राख्न तथा जनताको लागि कार्य गर्न सुझाव दिने गरेकोले आफुलाई नगरप्रमुख कलवारले बाईपास गर्ने गरेको बताउदै आफु आफ्नो हकअधिकारको लागि पछि नहट्ने समेत उपप्रमुख शेहरले पत्रकार सम्मेलनमा बताएकी छिन।