मधेशराष्ट्रियसमाचारस्थानीयस्वास्थ्य

प्रसौनी गापा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

प्रसौनी गापा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

 

शु.आ. सम्बाददाता

 

कलैया, २१ आषाढ

 

बाराको प्रसौनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका शनिवार घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको छ ।

 

प्रसौनी गाउँपालिकाको अध्यक्ष बिनोद प्रसाद जयसवाल प्रमुख अतिथि र गाउँपालिका उपाध्यक्ष किरण देबि , प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसाद र जिल्ला खोप समितिका सदस्य सचिव एवम् जनस्वास्थ्य कार्यालय बाराको निमित्त कार्यालय प्रमुख रामनरेश यादव बिशेष अतिथि रहेको एक कार्यक्रम बिच पूर्ण खोप सुनिश्चितता घोषणा गरीएको छ ।

 

कार्यक्रममा प्रसौनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर प्रसादले उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन्।

 

साथै कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र जिल्ला खोप समितिका सदस्य सचिव एवम् जनस्वास्थ्य कार्यालय बाराको निमित्त कार्यालय प्रमुख रामनरेश यादवले गाउँपालिका अध्यक्ष जयसवाललाई हस्तान्तरण गरेका छन्। सो अवसरमा गाउँपालिका अध्यक्ष जयसवालले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताएका छन्।

 

सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुरेश साहले बताएका छन् । “राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिको ७ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको छ ।”

 

गाउँपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको छ ।

 

खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय बाराको निमित्त प्रमुख रामनरेश यादवले जानकारी दिएका छन्। साथै यादवले रोग लागेपछि अस्पाताल जानु भन्दा राम्रो रोग नलाग्न दिन सबैले कार्य गर्न आग्रह गरेका छन्।

 

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि प्रसौनी गाउँपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको उक्त कार्यमा सहयोग गर्ने स्वास्थ्य कर्मिहरु सम्मान समेत गरीएको थियो।

 

उक्त कार्यक्रममा डब्लु एच ओ को बारा पर्सा प्रतिनिधि सुधिश अधिकारी, प्रसौनी गाउँपालिकाको सम्पुर्ण वडाको वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु , स्वास्थ्य कर्मिहरु , गाउँपालिकाको कार्यालयको कर्मचारीहरु , स्वयम सेबिकाहरु सहित सँचारकर्मिहरु बिशेष उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button