‘काम गर्न सकिनँ भने दोहोर्याएर मत नदिनुहोस्’ — बारा–२ मा चन्दन कुमार सिंहको जनतासँग स्पष्ट आग्रह

बारा , ११ फागुन

परिवर्तनका लागि एकपटक अवसर दिन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बाट बारा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार चन्दन कुमार सिंह ले घरदैलो अभियानलाई तीव्र पारेका छन्। सोही क्रममा उनले सुवर्ण गाउँपालिका अन्तर्गत कबहिगोठ टोलमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोका क्रममा सिंहले आफू पदको खोजीमा नभई जनताको सेवकका रूपमा अघि बढेको स्पष्ट पारे। उनले भने, “एकपटक परिवर्तनका लागि मौका दिनुहोस्। यदि मैले जनताको अपेक्षाअनुसार काम गर्न सकिनँ भने फेरि मलाई मत दिनु पर्दैन।” उम्मेदवारबाट यति स्पष्ट सार्वजनिक प्रतिबद्धता कमै देखिने भन्दै स्थानीयस्तरमा उनको भनाइलाई चासोका साथ हेरिएको छ।

सिंहले बारा–२ का जनताले लामो समयदेखि बेथिति, पहुँचको राजनीति र आश्वासनमै सीमित नेतृत्व भोग्दै आएको उल्लेख गरे। “जनताको समस्या बुझ्नेभन्दा सत्ता र शक्तिको वरिपरि घुम्ने राजनीति धेरै भयो,” उनले भने, “अब संसदमा जनताको आवाज सिधै पुर्‍याउने प्रतिनिधि आवश्यक छ।”

घरदैलोका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक तथा प्रशासनिक सेवासम्बन्धी गुनासाहरू स्थानीयले सिंहसमक्ष राखेका थिए। ती समस्याहरूलाई संसद र सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानको पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। विशेष गरी युवाहरूको पलायन रोक्ने, कृषकलाई उत्पादनसँग जोड्ने र सेवामा पारदर्शिता ल्याउने विषयलाई आफ्नो प्राथमिक एजेन्डा रहेको उनले बताए।

उनले राजनीतिलाई पेशा नभई जिम्मेवारीको रूपमा लिने संस्कार स्थापित गर्नुपर्नेमा जोड दिए। “सांसद जनताको मालिक होइन, सेवक हो,” सिंहले भने, “यदि सेवकले काम गर्न सकेन भने जनताले उसलाई बदल्ने अधिकार राख्छन्।”

स्थानीय मतदाताहरूले सिंहको स्पष्टता र जवाफदेहीपनको भाषालाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्। एक स्थानीयले भने, “पहिला जितेपछि देखिन छाड्ने नेताहरू देख्यौँ, कम्तीमा यसपटक उम्मेदवारले जिम्मेवारीको कुरा खुलेर गरेका छन्।”

बारा–२ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो अभियान र उम्मेदवार सिंहको स्पष्ट सन्देशले चुनावी बहसलाई विकासका मुद्दा र जवाफदेहितातर्फ मोड्ने संके

त देखिएको छ।

Comments (0)
Add Comment