वातावरण संरक्षणमा युवा र विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बारा, ०७ साउन
वातावरण संरक्षणमा युवा र विद्यार्थीको भूमिका विषयक श्री दुर्गा नमुना माध्यमिक विद्यालय बरेवा , बैरियामा वक्तृत्वकला प्रतियोगिता मँगलबार सम्पन्न छ।
उक्त वक्तृत्वकला प्रतियोगितामा श्री दुर्गा नमुना माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत छात्रा रेखा पटेल प्रथम स्थान हासिल गरेकी छिन्। भने कक्षा ७ मा अध्ययनरत छात्र आनन्द यादव द्वितीय र कक्षा ९ मा अध्ययनरत छात्र आकाश गुप्ता तृतीय स्थान हासिल गरेका छन्। उक्त प्रतियोगितामा विद्यालयका नौ जना छात्र छात्राहरूले भाग लिएका थिए।
सोहि बिधालयका शिक्षक उमाशंकर यादवले बिजेताहरुलाई पुरस्कार बितरण गर्दै प्रतियोगितामा भाग लिएका सबै बिधार्थीको प्रस्तुतिकरण एकदमै सराहनीय रहेको बताएका थिए। प्रतियोगितामा भाग लिएका सम्पुर्णको प्रस्तुतिकरणले निर्णायक मण्डलमा बिजेता छान्न धेरै नै मुस्किल भएकोले बताउदै विद्यार्थीहरूले वक्तृत्वकला मार्फत ब्यक्त गरेका समस्या र त्यसको समाधानको उपायहरु प्रस्तुतको लागि मात्र नभई व्यवहारसमेत लागु गर्न आवश्यक रहेको बताएका छन्।
दुर्गा माध्यमिक विद्यालयमा गठन भएको वातावरण संरक्षण क्लबको आयोजनामा सञ्चालन भएको कार्यक्रम को सहजीकरण सामाजिक परिवर्तन केन्द्र काठमाडौँले गरेको थियो। भने कार्यक्रम सञ्चालन क्लबका कञ्चन केसरी र तनवीर यादवले गरेका थिए।