मधेशसमाचार

जितपुर उपमहानगरपालिका ‘समिमको लाल किल्ला” 

मेवालाल यादव

बारा, ११फागुन

बारा निर्वाचन क्षेत्र नं.–४ अन्तर्गत जितपुर उपमहानगरपालिकामा राष्ट्र निर्माण दल नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार समिम मिया अन्सारीप्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। स्थानीय तहमा घरदैलो कार्यक्रम तथा भेटघाट अभियानका क्रममा मतदाताहरूले उनलाई “नेता मात्र होइन, हाम्रो घरकै सदस्य” का रूपमा लिएको प्रतिक्रिया सार्वजनिक रूपमा व्यक्त गरिरहेका छन्।

चुनावी माहोल तातेका बेला जितपुर उपमहानगरपालिकाका विभिन्न वडा तथा टोलमा पानीको बोतल चुनाव चिह्नको चर्चा व्यापक रूपमा भइरहेको छ। समर्थकहरूका अनुसार, विकास, सुशासन र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धताका कारण समिम मिया अन्सारीप्रति विश्वास बढेको हो।

स्थानीय जनताले यस पटकको निर्वाचनमा परिवर्तन र नयाँ नेतृत्व रोज्ने संकेत देखाएका छन्। विभिन्न सामाजिक समूह, युवा, व्यवसायी तथा समुदायका प्रतिनिधिहरूबीच भएको छलफल र अन्तरक्रियामा अन्सारीको उम्मेदवारीलाई सकारात्मक रूपमा लिइएको बताइएको छ।

जितपुर उपमहानगरपालिकामा देखिएको उत्साह र समर्थनको लहरले बारा–४ को चुनावी समीकरणलाई प्रभाव पार्न सक्छ। समर्थकहरूले जितपुरलाई “समिमको लाल किल्ला” का रूपमा व्याख्या गर्न थालेका छन्, जसले आगामी निर्वाचन परिणामतर्फ चासो थपिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button