मधेशसमाचार

सिमा नियन्त्रण गर्न खोजिए मधेशमा विद्रोह हुन्छ- पुर्वमुख्यमन्त्री सोनल

सिमाना वारपारको व्यापार सदियैदेखी रहिआएकोले त्यसलाई '१००' रुपयाको बन्देजमा सिमित गर्न खोज्नु सरकारकै लागि प्रतिउत्पादक हुने बताए

संजय तिवारी
असार, २ बारा- जनता समाजवाजी पार्टी नेपालका नेता तथा मधेश प्रदेशका पुर्व मुख्यमन्त्री जितेन्द्र सोनलले सरकारद्वारा सिमाना नियन्त्रण गर्न खोजे मधेशमा विद्रोह हुने चेतावनी दिएका छ्न।
नेपालको भारतसंग जोडिएको सिमाना राष्ट्रलाई अलग राखेपनी दुबैतिरको व्यक्तिगत सम्बन्ध र आपसी सहकार्य युग-युगान्तरदेखी रहिआएको बताउदै पुर्वमुख्यमन्त्री सोनलले सिमानालाई नियमन गर्नु ठिक तर नियन्त्रण गर्नखोजे मधेशका जनता त्यसको विद्रोहमा उत्रनसक्ने बताए।
मिडिया काउन्सिल मधेश प्रदेशले बाराको कलैयामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सिमाना वारपारको व्यापार सदियैदेखी रहिआएकोले त्यसलाई ‘१००’ रुपयाको बन्देजमा सिमित गर्न खोज्नु सरकारकै लागि प्रतिउत्पादक हुने बताए।
‘आम निर्वाचनमा जनताले दिएको मतादेश हामी सिरोधार्य गरेका छौं’ उनले भने- ‘तर मतको म्याण्डेटले जनताको दु:ख दिने काम अनुचित छ।’
सरकारले भारतसंगको सिमानाबाट एक सय भन्दा बढिको सामान ल्याउन नपाईने भनी गरेको नियन्त्रण मधेशका जनताले स्विकार नगर्ने सोनलेल बताए।
सोनलले केन्द्र सरकारले देशमा रहेका संबैधानिक निकारहरुलाई तहस नहस पार्न खोजेको आरोप समेत लगाएका छन।
उनले निर्वाचन आयोगका पदाधिकारीहरुले आफ्नो दायरा बाहिर गएर निर्वाचन क्षेत्र सम्बन्धी बयान दिईरहेको भन्दै संवैधानिक निकायमाथी सरकारी हस्तक्षेप बन्द गरि स्वतन्त्र पुर्वक काम गर्न दिनुपर्ने जिकिर गरे।
उनले स्वतन्त्र प्रेस बिना देशमा असल लोकतन्त्रको अभ्यास हुननसक्ने बताउदै संचार क्षेत्रलाई लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिनुपर्ने समेत बताएका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button