मधेशसमाचार

देवताल गाउँपालिकामा एक दिन सेवा प्रवाह बन्द रहने

देवताल गाउँपालिकामा एक दिन सेवा प्रवाह बन्द रहने

शु.आ. सम्बाददाता

बारा, ०९ असार

बारा जिल्लाको देवताल गाउँपालिकाले गाउँसभाको १६ औँ अधिवेशनका अवसरमा एक दिनका लागि सेवा प्रवाह बन्द रहने सूचना जारी गरेको छ। गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै आगामी असार १० गते अर्थात भोलि बुधबार गाउँपालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायद्वारा हस्ताक्षरित सूचनामा गाउँसभाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने भएकाले गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, पदाधिकारी तथा कर्मचारीहरू गाउँसभामा सहभागी हुनुपर्ने उल्लेख गरिएको छ।
सूचनाअनुसार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहत रहेका सबै वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा उक्त दिन बन्द रहनेछ। गाउँपालिकाले यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
देवताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारी गरिरहेको सन्दर्भमा गाउँसभा आयोजना गरिएको जनाएको छ। गाउँपालिकाको १६ औँ अधिवेशनलाई स्थानीय विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सुशासनसँग सम्बन्धित महत्वपूर्ण योजना सार्वजनिक हुने अधिवेशनका रूपमा हेरिएको छ।
स्थानीय तहहरूले बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने क्रममा गाउँसभा सञ्चालन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार देवताल गाउँपालिकाले पनि अधिवेशन आयोजना गर्न लागेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button